Logo
१८ बैशाख २०८१, मंगलबार
(June 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नम्बर दुईको चुनाव सारिएपनि राजपाले आन्दोलन जारी राख्ने

काठमाडौं । प्रदेश नम्बर २–५ र सुनसरी मोरङ्क सहित बर्दिया, कैलाली कंञ्चनपुरको समेत चुनाव स्थगित गरि पहिला सिमाङ्गकन मिलाउनुर्ने मागवीच सत्तारुढ दलले दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सहमति गरेपनि राजपाको आन्दोलन स्थगित नहुने भएको छ ।

राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र यादवले दुई नम्बरको निर्वाचन सारिए पनि आन्दोलन नरोकिने बताए । ‘सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राजपाबीचको वार्तामा सत्ता पक्षले दुई नम्बरको निर्वाचन सार्ने निर्णय गरेको छ । ’ उनले भने तर हाम्रो माग मात्र चुनाव सार्ने होइन ।

यादवले सरकारले निर्वाचन सार्ने निर्णय मात्र गरेको खण्डमा आन्दोलन नरोकिने बताउँदै संविधान संशोधनसहित स्थानीय निकायको संख्या बृद्धि र मुद्दा फिर्ता लगायतका विषयमा ठोस निर्णय लिए आफुहरुको आन्दोलनका बारे सोंचने बताए ।

राजपका नेता महेन्द्र यादवले भने ,‘सत्ता पक्षले दुई नम्बर प्रदशेको निर्वाचन सार्ने जनाएको छ । पाँच नम्बरको सार्न पनि छलफल हुँदैछ । तर निर्वाचन सारेर मात्रै हामी चुनावमा भाग लिदैनौं । हाम्रो आन्दोलन पनि रोकिदैन । सरकारको निर्णयलाई हामी कुर्दैछौं ।’

यता, गृहमन्त्री जनार्दन शर्माका अनुसार दुई नम्बरको निर्वाचन सारिनेछ तर बाँकी प्रदेशहरुका असार १४ गते नै निर्वाचन हुनेछ । तर माओवादी प्रवक्ता पम्फा भुसालले दुई नम्बरको निर्वाचन सारिए असोज दुई गते हुन सक्ने बताएकी छन् ।

 

प्रकाशित मिति: Jun 15, 2017

प्रतिक्रिया दिनुहोस्