Logo
१७ बैशाख २०८१, सोमबार
(June 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजेन्द्र महतोले भने- ‘उपेन्द्र यादव केपी ओलीका प्रवक्ता हुन’

रौतहट, असार १ : आन्दोलनरत राष्ट्रिय जनता पार्टीका प्रभावशाली नेता राजेन्द्र महतोले संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई एमाले अध्यक्ष केपी ओलीको प्रवक्ताको संज्ञा दिएका छन् । मधेश र मधेशीको अधिकारका लागी राजपाले अघि सारेको माग पुुरा नभएसम्म कुुनै पनि हालतमा निर्वाचनमा नजाने उनले स्पस्ट पारे ।

बुधबार बिहान रौतहटको सदरमुुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा नेता महतोले आफुुलाई मधेशीको ठेकेदार बताउने यादव स्वार्थपुर्तिका लागि ओलीको प्रवक्ता बनेर मधेश बिरोधी गतिविधीमा लागिरहेको टिप्पणी गरे । पत्रकार सम्मेलनमा महतोले भने ‘बर्तमान अवस्थामा स्थानीय निर्वाचनका लागि भोली नोमिनेसन भए देश ठुुलो द्धन्दमा जाने निश्चित छ ।’

‘गाँउपालिका,नगरपालिकाको संख्यामा बृद्धी हुनुपर्छ त्यो नगरेर कांग्रेस,एमाले र माओबादीले ठुुलो गल्ती गरेका छन्’ नेता महतोको आरोप थियो । एक दुुईमहिना निर्वाचन सारेर मधेशीको माग पुुरा गर्नुपर्ने भन्दै उनले राजपा चुुनाव बिरोधी नभएको प्रस्टयाए । अर्का नेता अनिल झाले निर्वाचनलाई स्विकार गर्नुुको अर्थ त्रुुटीपुुर्ण संबिधानलाई स्विकार्नुु भएको बताए ।

फोरम कार्यालयमा तोडफोड, झन्डा जलाइयो
यसैबीच, राष्ट्रिय जनता पार्टी नेपाल, महोत्तरीले बुधबार जिल्ला सदरमुकाम जलेश्वरमा सङ्घीय समाजवादी फोरम नेपालको कार्यालयमा तोडफोड गर्दै पार्टीको बोर्ड मेटाएको र झन्डा जलाएका छन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचनअघि संविधान संशोधन गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका राजपाले सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा तोडफोड गरेका हुन् ।

मधेस बन्द गर्दै आन्दोलनमा उत्रेका राजपा नेपालका ५०÷६० जना कार्यकर्ता जलेश्वर नगरपालिका–२ खैराचौकस्थित सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा गएर तोडफोड गर्दै पार्टीको बोर्ड कालो रङ्गले मेटिदिएका छन् भने पार्टी कार्यालयमाथि रहेको पार्टीको झन्डा उतारेर जलाइदिएका छन् ।

राजपा नेपालका कार्यकर्ताले उपेन्द्र यादवलाई मधेस विरोधी रहेको तथा मधेसीको भावनासँग खेलबाड गर्दै मधेस र मधेसीको हित विपरीत स्थानीय तहको चुनावमा भाग लिन लागेको भन्दै उनको पार्टीको साइनबोर्ड मेटिएको तथा झन्डा जलाइएको आन्दोलनरत राजपा नेपाल महोत्तरीका नेता सुदीप झाले बताए ।

प्रकाशित मिति: Jun 15, 2017

प्रतिक्रिया दिनुहोस्