Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असार १४ को निर्वाचन सार्ने कुरामा एमालेको असहमति

काठमाण्डौ, असार १:  सरकारले असार १४ को निर्वाचन मिति सार्ने तयारी गरेको चर्चा भइरहेका वेला प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सरकारको तयारीलाई समर्थन गर्न नसक्ने जनाएको छ ।

एमाले अध्यक्ष केपी ओली निवास भक्तपुरमा बिहीबार विहान बसेको एमाले स्थयी कमिटि बैठकले सरकारको निर्वाचन सार्ने तयारी षड्यन्त्रमुलक ढंगबाट आएको भन्दै त्यसको विरोध गरेको हो ।

बैठकपछि प्रवक्ता योगेश भट्राइले स्थानीय तहको संख्या थप्ने र संविधान संशोधनप्रति एमालेको अडान कायमै रहेको बताए । उनले सहमति हुन सक्ने विषयमा एमाले बाधक नबन्ने भन्दै निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने पार्टीको अडान रहेको दोहोर्याए ।

 

प्रकाशित मिति: Jun 15, 2017

प्रतिक्रिया दिनुहोस्