Logo
८ जेष्ठ २०८१, मंगलबार
(June 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा आन्दोलनको असरः चुनाव करिव–करिव स्थगित हुदै

काठमाडौं :  स्थानीय तहको दोस्रो चरणको चुनावलाई लिएर सरकार र राजपाबीचको मतभेद अव सडक र तनावको तहमा आएपछि फेरि एक पटक वार्ता शुरु भएका छन् । श्रोतले भन्यो : १ नम्बर प्रदेश अन्तरगतको सुनसरी-मोरङ, २ र ५ नम्बर प्रदेशका सबै जिल्ला तथा कैलाली-कंचनपुर अन्तरगत पर्ने स्थानीय तहको चुनाव स्थगित हुने भएको छ । यसका लागि हिजो मात्र प्रमुख राजनीतिक दल र राजपाबीच वार्ता भएको थियो । तर, त्यहाँ कुनै सहमति नभएपछि आज फेरि वार्ता हुँदैछ । तर, समय भने तय नभएको राजपाका नेताहरुले बताएका छन् ।

आफ्ना माग सम्बोधन नगरी सरकारले चुनावी तयारी अगाडि बढाएको भन्दै राजपाले आमहड्तालसम्मका कार्यक्रम गरेपछि सरकार अफ्ठारोमा परेको छ । यहीँ कारण हिजोको वैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्वर २ र ५ मा चुनाव सार्ने प्रस्ताव गरेका छन् । तर, विपक्षी एमालेले यसलाई अस्वीकार गरेको छ । यस्तो अबस्थामा आज हुने भनिएको वैठकमा पनि सहमति जुटने सम्भावना कम छ ।
यति हुँदाहुँदै पनि चुनावमा सवै पक्षलाई सहभागी गराउन सत्तारुढ दलहरु चुनाव सार्ने विषयमा उदार देखिएका छन् । यसका लागि केही प्राविधिक कुरा मात्र मिलाउन वाँकी छ ।

त्यो भनेको राजपाले अव सार्ने मितिमा चुनावमा सहभागी हुने लिखित प्रतिबद्धता जनाउने हो । राजपा र सरकारबीच आज चार बजे वार्ता हुँदैछ । यहीँ वैठकमा यस्तो सहमति बन्ने सम्भावना छ । दोस्रो चरणको चुनावको मनोनयका लागि दुई दिन मात्र वाँकी रहदा सरकार र राजपाबीच संवाद भएको हो । चुनाव सार्ने हो भने मनोनयन अगाडि नै सरकारले निर्णय गर्नुपर्ने हुन्छ । त्यसकारण आज वा भोलिभित्र चुनाव सार्ने सम्भावना रहेको छ । २ र ५ नम्वर प्रदेशको चुनाव सके केही दिन पर नभए दशै र तिहारको बीचमा गर्ने गरी चुनाव सर्ने सम्भावना छ ।

राजपाको हिजोदेखि तराई–मधेशका जिल्लामा बन्द शुरु भएको छ । दोस्रो चरणको चुनावका लागि असार २ गते हुने मनोनयनलाई ध्यान दिदै राजपाले जेठ ३० देखि असार २ सम्म तराई–मधेशका जिल्लामा बन्द आव्हान गरेको छ ।  असार १४ गते प्रदेश नम्बर १, २, ५ र ७ नम्बरमा स्थानीय तह दोस्रो चरणको निर्वाचन हुँदैछ । निर्वाचनका लागि राजनीतिक दलहरुले असार २ गते उम्मेदवार मनोनयन गर्नुपर्नेछ । स्थानीय तह पहिलो चरणको निर्वाचन बैशाख ३१ गते सम्पन्न भएको थियो ।

प्रकाशित मिति: Jun 14, 2017

प्रतिक्रिया दिनुहोस्