Logo
१२ बैशाख २०८१, बुधबार
(June 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरवारबाटै आन्दोलन घोषणा गर्दै बाहिरियो राजपा

काठमाडौं, जेठ २८ : राजपा नेपाललाई सहमतिमा लिएर चुनावमा जाने सत्तारुढ दलको प्रयास विफल भएको छ । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निर्णायक भनिएको सत्तारुढ दल र राजपाबीचको वार्ता विफल भएको हो । 

मधेस आन्दोलनका क्रममा भएका घाइतेको उपचार, मृतकलाई सहिद घोषणासहित क्षतिपूर्ति दिइनुपर्ने, झुठा मुद्दा फिर्ता लिइनुपर्ने, राजनीतिक बन्दीको रिहाई गरिनुपर्ने लगायतका पूरानै माग पनि राखेका थिए ।

बैठकमा राजपा नेपालका नेताहरुले चुनावअघि नै संविधान संशोधन र तराई मधेसमा स्थानीय तहको संख्या थप गरिनुपर्ने अडान राखेका थिए । तर सत्तारुढ दलको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावअघि नै मधेस आन्दोलनका क्रममा भएका घाइतेको उपचार, मृतकलाई सहिद घोषणासहित क्षतिपूर्ति दिइनुपर्ने, झुठा मुद्दा फिर्ता लिइनुपर्ने, राजनीतिक बन्दीको रिहाई गरिनुपर्ने लगायतका राजपाको माग पूरा गर्न आफू तयार रहेपनि संविधान संशोधन र स्थानीय तह संख्याबारेमा निर्णय लिन नसक्ने बताएका थिए ।

देउवाले संविधान संशोधन विधेयक पारित गर्न दुई तिहाई मत आवश्यक रहने हुँदा त्यसका लागि तयारी नपुगेको भन्दै चुनावलगत्तै सरकार यसतर्फ लाग्ने हुँदा सहमति जनाइदिन आग्रह गरेका थिए । यस्तै स्थानीय तह संख्या थप गर्न सर्वोच्चको फैसलाका कारण कठीन भएकोपनि देउवाले बताएका थिए ।

देउवाले अहिले चुनावमा लाग्न र चुनाव लगत्तै राजपाको माग सम्बोधन गर्न सरकार लागिपर्ने समेत बताएका थिए । देउवाको आग्रहलगत्तै आक्रामक रुपमा प्रस्तुत भएका राजपा नेपालका नेताहरुले आफूहरुलाई छलफलमा बोलाउने तर पूरानै कुरा गरेर टार्ने गरेको आरोप लगाएका थिए ।

उनीहरुले राजपाको मुख्य माग नै संविधान संशोधन र स्थानीय तह संख्या थप गर्ने रहेको भन्दै त्यो माग पूरा नभई चुनावमा जान नसकिने बताएका थिए । जवाफमा देउवाले चुनाव अघि त कुनै पनि हालतमा माग पूरा गर्न सकिँदैन भनि स्पष्ट जवाफ दिएसँगै राजपाका नेताहरु ‘हामी पनि चुनावमा जान सक्दैंनौं अब आन्दोलन गर्छौ’ भन्दै सिंहदरबारबाट बाहिरिएका थिए ।

बैठकपछि राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले सत्तारुढ दल र प्रधानमन्त्रीले पूरानै कुरा दाहोर्याएको तर माग पूरा गर्नेतिर ध्यान नदिई भुलाउने काम गरेको आरोप लगाए । उनले अब राजपा चुनाव बहिस्कार गरेर आन्दोनलमा जाने प्रतिक्रिया दिए ।

यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजपा सङ्गको बार्ता आज पनि सफल हुन नसकेको बताए । असार १४ को निर्बाचनको मिति नसारे र स्थानीय तहको संख्या बृद्दी नगरे निर्वाचनमा भाग नलिने राजपाको रहेको र त्यसमा सत्तारुढ दलको असहमति रहेको उनको भनाई छ ।

प्रकाशित मिति: Jun 11, 2017

प्रतिक्रिया दिनुहोस्