Logo
७ बैशाख २०८१, शुक्रबार
(June 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाले सरकारलाई भन्यो ‘त्यसो भए असार १४ को मिति सार्नुस’

काठमाडौं, जेठ २७ : राष्ट्रिय जनता पार्टीले स्थानीय तह दोस्रो चरणको निर्वाचनको मिति सारेर भएपनि आफूहरुको माग पूरा गरेरै अघि बढ्नुपर्ने अडान राखेको छ । सरकारले समय कम भएको भन्दै चुनावपछि मात्रै संविधान संसोधन गरिने प्रतिवद्धता जनाउदै स्थानीय तहको चुनावमा सहभागी हुन आव्हान गरेपछि नेताहरुले मिति सारेर भएपनि आफ्ना माग सम्बोधन गर्न सुझाएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सनिबार बसेको नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र सहितको बैठकमा राजपाका नेताहरुले चुनावको मिति सारेर संविधान संसोधन गर्नुपर्ने माग गरेका हुन् । सधै लिखित प्रतिवद्धताले मात्रै नहुने भन्दै नेताहरुले कार्यान्वयन गर्न सरकार र सत्तासाझेदार दललाई दबाब दिए ।

बैठकपछि संचाकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै राजपाका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीेले प्रतिवद्धताले मात्रै नहुने भन्दै संविधान संसोधन लगायत राजनीतिक सवालको सम्बोधन नभई चुनावमा सहभागी हुन नसकिने बताए । राजपाले संविधान संसोधन, स्थानीय तहको संख्या वृद्धि लगायतका मागलाई चुनावको बटम लाईन बनाएपछि अब निर्वाचनमा उसको सहभागीता नरहने स्पष्ट भएको छ ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजपा नेताहरुसंगको छलफलले निर्वाचनमा उनीहरुको सहभागीता रहने संभावनाको संकेत नदिएको बताए । मिति सारेर संविधान संसोधन गरे मात्रै चुनावमा सहभागी हुन सकिन्छ भन्ने राजपाका नेताहरुले राखेको माग पुरा गर्न नसकिने कुरा आफुहरुले राखेको बताए ।

बैठकमा प्रम शेरबहादुर देउवाले भने चुनावको मितिपनि नसर्ने र चुनावअघि माग पनि पूरा हुन नसक्ने भन्दै आयोगमा दल दर्ता गराएर निर्वाचनमा होमिन आग्रह गरेका थिए ।

प्रकाशित मिति: Jun 10, 2017

प्रतिक्रिया दिनुहोस्