Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा-गठबन्धनले फेरी गर्यो आन्दोलनको नयाँ कार्यक्रम घोषणा

काठमाडौं, जेठ १७ :  राजपा अध्यक्ष महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति सारिएलगत्तै संघीय गठबन्धनले पनि आन्दोलनको स्वरुप परिवर्तन गरेको हो ।

निर्वाचनको कार्यक्रम प्रभावित तुल्याउने गरी गरिएको आन्दोलनको कार्यक्रमको स्वरुप परिवर्तन गरी उनीहरुले विहीबारदेखि अन्तरक्रिया छलफल लगायतका कार्यक्रम तय गरेका छन् ।

आन्दोलनको कार्यक्रमअनुसार जेठ १८देखि २१ गतेसम्म गाउँ टोल, गाउँपालिका नगरपालिका स्तरमा आन्दोलन परिचालन समिति गठन गर्ने, जेठ २२ गते सबै गाउँ टोल तथा वडामा आन्दोलन परिचालन समितिको अन्तरक्रिया र आन्दोलनको रणनीति बनाउने रहेका छन् ।

यस्तै, जेठ २४ गते सबै गाउँपालिका वा नगरपालिकाको एक स्थानमा विरोध सभा गर्ने र जेठ २५ गते मधेस, थरुहट, लिम्बुवानमा दिउँसो १बजेदेखि ३ बजेसम्म दुई घण्टा चक्काजाम गर्ने लगायतका कार्यक्रम घोषणा गरिएको छ ।

मुश्लिम समुदायको रमजानका दिन तय गरिएको निर्वाचनको मिति सारिएकोमा सकारात्मक भन्दै गठबन्धनले आन्दोलनको स्वरु परिवर्तन गरेको हो । गठबन्धनले जेठ १८ गतेदेखि २५ गतेसम्मको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

गठबन्धनका संयोजक महन्थ ठाकुरले बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषित अवधिभित्र सरकारले संविधान संशोधन, मुद्दा फिर्ता र स्थानीय तहको संख्या जनसंख्याको अनुपातमा बढाउने लगायतका माग सम्बोधन गरी निर्वाचनमा जाने वातावरण नबनाएमा सशक्त र कडा आन्दोलनको कार्यक्रम ल्याइने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: May 31, 2017

प्रतिक्रिया दिनुहोस्