Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै केन्द्रिय नेताहरुलाई काठमाण्डौ छोड्न राजपामा निर्देशन

काठमाडौं । आन्दोलनरत राष्ट्रिय जनता पार्टीले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई काठमाडौं छोड्न निर्देशन दिएको छ । काठमाडौंस्थित आइतबार राजपाको केन्द्रीय कार्यालयमा बसेको अध्यक्ष मण्डलको बैठकले नेता तथा कार्यकर्ताहरुलाई उक्त निर्देशन दिएको हो ।

राजपाले मधेशका गामघरमा गएर आन्दोलनको कार्यक्रमहरुलाई तीब्र बनाउन निर्देशन दिएको हो । मधेशका सम्पूर्ण गाउँ, सहरबजार तथा वडाहरुमा आन्दोलन समिति गठन गर्न निर्देशन पनि दिइएको छ ।

आइतबार अध्यक्ष मण्डलका नेताहरुले पार्टीका कार्यकर्ता तथा नेताहरुलाई आन्दोलनको सशक्त प्रतिकार गर्नसमेत दिर्नेशन दिएको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आन्दोलनलाई शसक्त बनाउँदै निर्वाचनका सम्पूर्ण गतिविधि विथोल्न निर्देशन दिएका हुन् ।

यो निर्णय लगतै राजापाका नेताहरु आन्दोलनलाई ससक्त बनाउन भन्दै काठमाण्डौ छाड्ने क्रम सुरु भएको छ । राजपा नेता कृष्णा सिंहले फेसबुकमा लेखेका छन “पार्टीको निर्देशन अनुसार आफू त लाग्यो मधेशतिर, अब आन्दोलन स्थलमै भेट हुनेछन ।”

प्रकाशित मिति: May 28, 2017

प्रतिक्रिया दिनुहोस्