Logo
१३ बैशाख २०८१, बिहीबार
(May 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज लाठी जुलुस: मधेशभर हिजो मसाल जुलुस प्रदर्शन (फोटो फिचर)

काठमाण्डौं । निर्धारित चुनावलाई बहिसकार गर्दे राष्ट्रिय जनता पार्टीद्धारा घोषित आन्दोलन कार्यक्रम अनुसार शनिबार मधेशमा मसाल जुलुस प्रदर्शन भएको छ । भने त्यो भन्दापनि उग्ररुपमा लाठी जुलुस गर्ने राजापाका नेताहरुले बताएका छन ।

बिर्तामोड, विराटनगर, इनरुवा, राजविराज, लाहान, जनकपुर, जलेश्वर, मलंगवा, गौर, कलैया, बीरगञ्ज, नवलपरासी, भैरहवा, नेपालगंज, तौलिहवासहितका शहरमा ठूलो संख्यामा प्रदर्शन भएको जनाइएको छ ।

त्यस्तै, गाउँ स्तरमा पनि प्रदर्शन भएको छ । मधेशका प्रत्येक शहर तथा अधिकांश गाउँमा मसाल जुलुस प्रदर्शन भएको स्थानीय राजापाका नेताहरुले जनाएका छन् ।

संविधान संशोधन विना दोस्रो चरणको निर्वाचन गर्न लागेको भन्दै निर्वाचन विथोल्न राजपाले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार मसाल जुलुस प्रदर्शन गरिएको हो । राजपाको घोषित कार्यक्रमअनुसार आइतबार लाठी जुलुस प्रदर्शन हुनेछ । साथै वडासम्म आन्दोलन समिति गठन गरिएका छन ।

प्रकाशित मिति: May 28, 2017

प्रतिक्रिया दिनुहोस्