Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवा नेतृत्वको सरकारमा राजपा नेपाल सहभागि नहुने

काठमाडौं, जेठ ११: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने भनिएको नयाँ सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ । मधेशको माग सम्बोधन नभई सरकारमा जाने विषयमा सोच्न समेत नसकिने निष्कर्ष निकालिएको पार्टीका नेता अनिल झाले जानकारी दिए ।

विहिबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले सरकारमा जाने सोच समेत बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको हो । राष्ट्रिय जनता पार्टीले मधेशको मागलाई सम्बोधन गर्न आन्दोलनलाई जोड दिएर अघि बढने निर्णय समेत गरेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयमा पनि आन्तरिक छलफल भइरहेको नेता झाले बताए ।

अनिल झा लगायतका केही नेताहरुले निर्वाचनमा जाने अवस्था अझै नरहेको दावी गर्दैै आएका छन् । यता, महन्त ठाकुर लगायतका नेताहरुले भने कतिपय माग सम्बोधन भएकाले स्थानीय तहको निर्वाचनमा जान सकिने धारणा राख्दै आएका छन् । एक, दुई दिन भित्र निर्वाचनमा जाने कि नजाने भन्ने विषयमा ठोस धारणा तय गर्ने राष्ट्रिय जनता पार्टी, नेपालले जनाएको छ ।

प्रकाशित मिति: May 25, 2017

प्रतिक्रिया दिनुहोस्