Logo
११ बैशाख २०८१, मंगलबार
(May 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः न हुने भो संशोधन, मधेशवादीले दल अब के गर्लान् ?

काठमाडौं, जेठ ५ : पहिलो चरणको चुनाव सकिएपछि देश दोस्रो चरणको चुनावमा होमिएको छ । चुनाव नजिकिँदै गर्दा मधेशी दलमाथि दबाब बढिरहेको छ । हिजो साँझ बालुवाटारमा सत्तारुढ दुई दल नेपाली काँग्रेस र माओवादी केन्द्रले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गरेको छलफलले स्पष्ट गरेको छ कि स्थानीय तहको दोस्रोचरणको चुनावअघि संविधान संशोधन हुने छैन ।

बैठकले यही अवस्थामा सविधान संशोधन गराउन गाह्रो हुने निष्कर्ष निकालेको छ । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले मत दिएपछि के सविधान संशोधन हुन्छ ?,’ हिजोको वैठकमा पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री प्रचण्डसँग जवाफ माग गरेका थिए ।
‘हामीले दिएका प्रतिबद्धतामा अडिग छौं, लौ राप्रपाले मत दिने भयो, के ग्यारेण्टी लिनुहुन्छ ? विधेयक पारित हुन्छ ?’ बैठकमा सहभागी एक नेताले अध्यक्ष थापाको भनार्ई उद्धृत गर्दै भने, ‘पारित नहुने विधेयकका लागि मत खेर फाल्दैनौं । विधेयक पारित हुने ग्यारेण्टी चाहिन्छ, मधेशवादी दललाई त्यसको ग्यारेण्टी सरकारले दिन सक्छ, हामीले दिन सक्दैनौं ।’

राप्रपाको यस्तो प्रतिक्रियायापछि सत्तारुढ दलले आज सर्वदलीय बैठक बोलाएको छ । वैशाख १७ गते संशोधन विधेयक पारित गराउनका लागि जुन गठबन्धन तयार भएको थियो त्यो अहिले भत्केको छ । परिवार दललगायत केही साना दलहरुले पनि त्यतिबेला साथ दिएका थिए तर अन्त्यमा राप्रपाले धोका दिएपछि सत्तारुढ दल ब्याक भएको थियो ।
पहिलो चरणको स्थानीय तहको चुनाव भएको छ । त्यसको मतगणना जारी छ । परिणामले पनि कतिपय दलको मन कुँडो भएको छ । यसले गर्दा पनि प्रधानमन्त्री प्रचण्डले चाहँदैमा विधेयक पारित गराउने गठबन्धन बन्दैन । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले सविधान संशोधनका लागि प्रधानमन्त्री प्रचण्ड प्रयासरत रहेको बताए । राप्रपालगायत प्रमुख प्रतिपक्षी दल एमालेसँग कुराकानी गरिरहेकाले सविधान संशोधन विधेयक पारित हुने उनको भनाई छ ।

एकातिर सहमति जुटाउने प्रयास भएको छ भने अर्कोतिर चुनावी तयारीमा सरकार लागेको छ । संविधान संशोधनमा कुरा मिलेन भने सविधान संशोधनकै कारण दोस्रो चरणको चुनाव नरोकिने प्रधानमन्त्री प्रचण्डले मधेशवादी दलसमक्ष स्पष्ट पारेका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहका बलदेवले भने, ‘मधेशवादी दलले सविधान संशोधनका लागि अडान लिएपनि अन्त्यमा गएर चुनावमा भाग लिन्छन्, अब उनीहरुसँग विकल्प नै छैन ।’

संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने अडानमा रहेको राजपा नेपाल संघीय समाजवादी फोरम नेपालको स्ट्याण्डको प्रतिक्षामा छ । दोस्रो चरणको चुनावमा उपेन्द्र यादव नेतृत्वको फोरम नेपालले के गर्छ ? उनीहरु प्रतिक्षा गरेर बसेका छन् । पहिलोचरणको चुनावमा भाग लिएका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभएसम्म दोस्रो चरणको चुनावमा भाग नलिने पटक– पटक घोषणा गर्दै आएका छन् ।

तर मधेशमा उनको चुनावी तयारीका कारण राजपाका नेताहरु तर्सिएका छन् , भन्दै रातोपाटीमा रिर्पोट छ ।  उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम चुनावमा गएपछि राजपालाई आन्दोलन अगाडि बढाउन गाह्रो हुनेछ ।

यद्यपि अहिलेसम्म राजपाको अडान सविधान संशोधन नभएसम्म चुनावमा नजाने छ । राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले सविधान संशोधन नभएसम्म आफूहरु चुनावमा नजाने प्रतिकृया दिए । उनले भने, ‘मधेशमा हामी कुन एजेण्डा लिएर चुनावमा जाने ? संविधान संशोधनका लागि यत्रो दिनदेखि आन्दोलन भयो । संविधान संशोधन समेत नगराई चुनावमा गयौं भने अर्थ रहदैन ।’ @Ratopati

प्रकाशित मिति: May 19, 2017

प्रतिक्रिया दिनुहोस्