Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिना संशोधन चुनावमा गए स्थिीति भायवह हुने RJP को चेतावनी

काठमाण्डौ :  राष्ट्रीय जनता पार्टी नेपालका नेताहरुले सत्तापक्षका नेताहरुलाई भेटेर दोस्रो चरणको मतदान अघि संविधान संशोधन गर्न दबाब दिएका छन। राजपाका अध्यक्ष मण्डलले बुधवार प्रधानमन्त्री पुष्प कमल दाहाल र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा संग छुट्टाछुट्टै भेंट गरि संविधान संशोधन बिना दोस्रो चरणको निर्वाचनमा नजान आग्रह गरेका थिए।प्रधानमन्त्री दाहालसंग बालुवाटारमा भएको भेटमा राजपाका नेताहरुले संविधान संशोधन बिना मधेशी जनतालाई कुनै पनि निर्वाचन स्वीकार्य नहुने र सरकारले जबरदस्ती चुनाव गर्न खोजे मुठभेड़को अवस्था आउन सक्ने चेतावनी दिएका थिए।

बैठकको बारेमा पत्रकारहरु संग कुरा गर्दै राजपा अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले संविधान संशोधन पारित गराउन इमानदारीपूर्वक प्रयास गर्न प्रधानमन्त्री ज्यूलाई आग्रह गरिएको प्रतिक्रिया दिएका थिए। महतोले भने- “हामी निर्वाचनको बिरोधी होइन तर, संविधान संशोधन र स्थानीय तहको संख्या नबढाएर निर्वाचन गराउन खोजियो भने त्यसले मधेशमा मुठभेड़ निम्त्याउने काम मात्रै गर्छ।”

यस अघि राजपा नेताहरुले सिंहदरबार स्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सभापति शेर बहादुर देउवासंग भेटेका थिए। देउवा लगायत कांग्रेसका शीर्ष नेताहरुको उपस्थितिमा राजपा नेताहरूले संविधान संशोधन पारित गर्न पार्टीको भूमिका बारे जिज्ञासा राखेका थिए। देउवाले पनि संशोधनको लागि प्रयास गरिने तर संशोधन नभए पनि निर्वाचनमा सहभागी हुन राजपा नेताहरुलाई आग्रह गरेका थिए।

बैठकमा सहभागी कांग्रेसी एक नेताका अनुसार राजपाले संविधान संशोधन बिना कुनै हालतमा निर्वाचन नगर्न पार्टी नेतृत्वलाई दबाब दिएका थिए। एक चरणको निर्वाचन सफलतापूर्वक भएको र दोस्रो चरणको निर्वाचन घोषणा भई सकेकोले निर्वाचनमा आउन पार्टी सभापतिले आग्रह गरेको कुरा बताए। देउवासंगको भेटघाट पछि राजपा नेता राजेन्द्र महतोले भने यदि सरकार र सतापक्षका अन्य घटकले संविधान संशोधन बिना निर्वाचनमा जान खोज्यो भने त्यों मुलुककै लागि ठूलो दुर्भाग्य हुने र मधेशमा संभावित मुठभेड़लाई कसैले रोक्न नसक्ने बताए।

कांग्रेस र माओवादीले जबरदस्ती चुनाव गराउन खोज्यो भने एमाले जस्तै यी दुबै पार्टी विरूद्ध पनि मधेशी जनताले आन्दोलन गर्ने बताउँदै महतोले एमाले जस्तै कांग्रेस र माओवादी पनि मधेशबाट ब्ल्याक आउट हुने चेतावनी दिए।

प्रकाशित मिति: May 18, 2017

प्रतिक्रिया दिनुहोस्