Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले, कांग्रेसलाई नेपालगन्जमा झड्का: ‘संबिधान स्वीकार्य हुँदैन’

नेपालगन्ज, जेष्ठ २ : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निर्वाचन अघि भएको सम्झौता पुरा गर्नुपर्ने बताउनुभएको छ । मंगलबार नेपालगञ्जमा भएको बृहत पार्टी प्रबेश सभा कार्यक्रममा बोल्दै केन्द्रीय नेता यादवले बिगतको सम्झौतालाई ध्यानमा राख्दै संबिधान संसोधन हुनुपर्ने माग गर्नुभयो ।

संबिधान संसोधनका लागि पटक पटक दवाव दिँएपश्चात भएको सम्झौता छिटो पुरा भएमात्रै आफुहरुको आन्दोलन रोकिने बताउनुभयो । स्थानीय निर्वाचनकै कुरा गर्दै नेता यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मुस्लिमहरुको रोजा (ब्रत) परेका कारण उक्त मिति सार्नुपर्ने माग गर्नुभयो ।

सभामा फोरम नेपालका बरिष्ठ नेता अशोक राई, उपाध्यक्ष मोहम्मद लालबाबु राउत, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एव पूर्व मन्त्री इस्तियाक राई, केन्द्रीय सदस्य चुुडामणी रेग्मी, कामता प्रसाद सोनखर, नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य तथा नवप्रबेशी फोरमका नेता सत्यनारायण बर्मा लगायत नेताले मधेशीहरु जनताहरुको असन्तुष्टिलाई सम्बोधन गरेर राष्ट्रिय सरकार निर्माण गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

फोरम नेपालबाट नै मधेशी जनताको हक अधिकार स्थापित हुने भएकाले कांग्रेस, एमाले लगायत बिभेद गर्ने पार्टीहरुले कहिल्यै पनि मधेशीको हितममा हुन नसक्ने जिकिर गरेका थिए । लोकतन्त्रमा सबैको सम्मान, सबैलाई अधिकार प्रदान गर्नुपर्ने भन्दै नेताहरु यस्ता कुराहरु ठुला पार्टीहरुले कार्यान्वयन ल्याउन नसकेको बताए ।

कांग्रेस, एमालेलाई नेपालगन्जमा फोरम नेपालको झड्का
संघीय समाजबादी फोरम नेपाल बाँकेले मंगलबार नेपालगञ्जमा बृहत पार्टी प्रबेश सभा कार्यक्रम गरेको छ । मंगलबार फोरमका केन्द्रीय अध्यक्ष बरिष्ठ नेता लगायत नेपालगञ्ज आएर बृहत पार्टी प्रबेश सभा गरेको हो । प्रबेश सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र राष्ट्रिय जनता पार्टीका सयौं नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रबेश गरेका हुन् ।

प्रबेश हुनेहरुमा नेपाली कांग्रेसका पूर्व सांसद सैय्यद मेराज अहमद साह, महासमिति सदस्य रिजवान अहमद साह, इस्तियाक अहमद साह, कांग्रेसको भातृ संगठन मुस्लिम संघ क्षेत्र नं. २ का मसुद अहमद साह, सैय्यद गुफरान अहमद साह, कांग्रेस पूर्व जिल्ला सदस्य सत्यनारायण बर्मा, माओवादी केन्द्रका जिल्ला सदस्य धिरेन्द्र चौधरी, फकीरउल्ला पठान, कौशल कुमार धोवी, रााष्ट्रिय जनता पार्टी नेपालका नन्दकिशोर बर्मा कुर्मी, कांग्रेस बनकटीका क्रियाशिल सदस्य हाजी जाहिर खाँ, नेकपा एमाले गाउँ इकाई बनकटीका अध्यक्ष शकिल खाँ प्रधान, उपाध्यक्ष राजेन्द्र बि.क, एमालेका पूर्व गाबिस मनिकापुरका उपाध्यक्ष उद्धव यादव, कांग्रेस पुरैनाका गाउँ इकाई सभापति राधेश्याम पाठक, पुरैनाका पूर्व सभापति चुम्मन राढ, माओवादी केन्द्रका जिल्ला सदस्य महफुज आलम, राप्रपा क्षेत्र नं. २ क्षेत्रीय सदस्य कामता प्रसाद यादव, सचिव रामनरेश यादव, कांग्रेस पुरैनीका गाउँ इकाई समिति सदस्य सब्बिर किघरिया, केशवराम राज, एमालेका वडा नंं १५ का पूर्व अध्यक्ष हाजी रौनक अलि इद्रिसी, नेपालगञ्जका प्रतिष्ठित व्यापारी एव समाजसेवी दिपक लखेर, किशोर गुप्ता, शोभा कुमारी लखेर, हारुन अन्सारी, कांग्रेस वडा नं.२३ का अध्यक्ष मोहम्मद हुसेन शेष, राष्ट्रिय जनता पार्टीका नेता फरजन्द खाँ, एमालेका वडा नं.१६का पूर्व गाउँ इकाई अध्यक्ष सलिम अन्सारी (चिम्मन), कांग्रेस उदयपुरका कृष्ण कुमार श्रीवास्तव, एमाले कम्दी गाउँ कमिटि सदस्य वारिस अन्सारी, एमालेकै खजुराखुर्द गाउँ कमिटिका उपाध्यक्ष मिश्रिलाल यादव, कांग्रेस नेता एव पूर्व गाबिस सचिव हिरमिनियाका सभाष सिंह ठाकुर, एमाले भवानियापुरका पवन कुमार बर्मा, राष्ट्रिय जनता पार्टीका मनोरथ भाट, राप्रपाका कौशिल्या कोरी, बनकटीका पूर्व शिक्षक एव कांग्रेसका नेता भण्डारीलाल यादव, माओवादी केन्द्र कम्दी गाउँ इकाई अध्यक्ष सगिर खाँ, माओवादी केन्द्र मनिकापुर गाउँ इकाई अध्यक्ष कौशल कुमार धोवी लगायत नेता कार्यकता फोरममा प्रबेश गरेको बाँके सचिव बदरुद् दुजा खाँले जानकारी दिनुभयो ।

बृहत प्रबेश कार्यक्रम बाँके अध्यक्ष कमरुद्दिन राईको अध्यक्षतामा भएको कार्यक्रममा उल्लेख्खय मात्रामा कार्यकताको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिता जनाउन ग्रामीण क्षेत्रबाट पुरुष तथा महिलााहरु समेत बसमा सवार भएर नेपालगञ्ज आएका थिए ।

प्रकाशित मिति: May 16, 2017

प्रतिक्रिया दिनुहोस्