Logo
११ बैशाख २०८१, मंगलबार
(May 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रिहा भए लगतै सिके राउत मधेश भ्रमणमा (फोटोफिचर)

राजबिराज, जेठ २ : लामो समयदेखि बिभिन्न प्रहरी हिरासतमा रहेर रिहा भएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउत मधेश भ्रमाणमा निस्केका छन ।

पछिल्लो पटक रौतहट स्थित जिल्ला अदालतको आदेशका रिहा भएलगतै डा. राउत परिवार सहित भ्रमणमा निस्केका हुन ।  उनी गत २८ गते रिहा भएका थिए ।

मगलवार सप्तरीको भरदह स्थित कंकालनी  मन्दिर परिसरमा सव-परिवार उनी उपस्थित भएपछि, उनका सर्मथकहरुले केहि समय नारावाजी समेत गरेका थिए ।

समान्य प्रतिकृया दिदै डा. राउतले ‘आफूलाई नेपालका सर्वोच्चदेखि सबै किसिमका अदालतले रिहा गरिसकेपछि, अब कुनै पनि प्रहरीलाई पक्राउ गर्ने अधार नरहेको’ बताए ।

तस्विर : बिक्रम मंडलको फेसबुकबाट

प्रकाशित मिति: May 16, 2017

प्रतिक्रिया दिनुहोस्