Logo
७ बैशाख २०८१, शुक्रबार
(May 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौन अवधिमा ३९ मिडिया दोशी

काठमाडौँ, जेठ १ : स्थानीय तहको निर्वाचन २०७४ प्रथम चरण निर्वाचनको मौन समयाबधि (बैशाख २९– ३१ गते) मा ३९ सञ्चारमाध्यमका ७६ वटा सामग्री निर्वाचन आचारसंहिता विपरीत प्रकाशन÷प्रशारण भएको पाईएको छ ।

प्रेस काउन्सिलले निरन्तर अनुगमन गर्ने क्रममा जेठ १ गते आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरुमा छापामाध्यम अग्रपंक्तिमा देखिएको छ ।

त्यस्तै अनलाईन ९ वटा र टेलिभिजन ४ वटाले उल्लंघन गरेकाछन् भने त्यसैगरी पत्रकार र तिनले प्रयोग गर्ने फेसबुकबाट पोष्ट भएका १२ वटा सामग्रीले आचारसंहिता आकर्षित भएको पाईयो ।

मौन अबधिमा पत्रकार, उम्मेदवार तथा कसैले पनि राजनीतिक दलको प्रचार–प्रसार, गालीगलौज गर्न नपाईने व्यवस्था रहेको छ ।

निर्वाचन आचारसंहिताको अनुगमन गरिरहेको काउन्सिलले सम्वन्धित उल्लंघनकर्तालाई तत्काल एलर्ट गर्नुको साथै निर्वाचन आयोगलाई नियमित प्रतिवेदन गरिरहेको छ । मौन अवधि शुरु हुनुअघि ६२ वटा आमसञ्चारमाध्यमका ११५ सामग्रीमा निर्वाचन आचारसंहिता उल्लंघन भएको पाईएको थियो ।

प्रकाशित मिति: May 15, 2017

प्रतिक्रिया दिनुहोस्