Logo
२५ बैशाख २०८१, मंगलबार
(May 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपासहित ४ दल  गच्छदारको पार्टीमा समाहित

काठमाडौ, बैशाख २४ :  विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरममा राजपासहित चारवटा पार्टी समाहित भएका छन् । समाहित हुनेमा नेत्रबहादुर लिम्बु अध्यक्ष रहेको राष्ट्रिय जनता पार्टी, शेरबहादुर कर्की अध्यक्ष रहेको नेपाल पिपल्स पार्टी, धिरेन्द्र झा अध्यक्ष रहेको युनाईटेड नेपाल रिपब्लिकन पार्टी र देवीप्रसाद आचार्य अध्यष रहेको शान्ति पार्टी नेपाल लोकतान्त्रिक फोरमा आइतबार समाहित भएको घोषणा गरेका हुन् ।

चारै जनाले देशको ऐतिहासिक राजनीतिक कालखण्ड र समसामयिक राजनीतिक परिस्थितीको सन्दर्भमा गहन छलफल गरि दिगो राजनीतिक स्थायित्व प्रदान गर्न तथा समृद्ध, एकतावद्ध राष्ट्र निर्माण गर्ने लोकतान्त्रिक फोरममा समायोजन गरेको बताएका छन् । समाहित भएको घोषणापछि जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ: ‘जनजाती समुदायबाट राष्ट्रिय राजनीतिमा बिशिष्ठ पहिचान बनाउन सफल भएका नेपाल लोकतान्त्रिक फोरमका राष्ट्रिय अध्यक्ष बिजय कुमार गच्छदारज्यूको नेतृत्वमा रहेको रुपान्तरित पार्टीलाई सशक्त निर्माण गर्ने उद्देश्यले समायोजन गरिएको हो ।

नेपाल लोकतान्त्रिक फोरम पार्टीको नेतृत्वलाई सरकारको नेतृत्वमा पु¥याएर देशको समग्र विकाशमा योगदान दिने समायोजन गर्ने पार्टीहरुको लक्ष्य छ ।’ त्यस्तै विज्ञप्तिमा एकल जातिय अभिजात्य वर्गको एकाधिकार समाप्त गर्ने लक्ष्य लिएर गरिएको यो समायोजन पश्चात एकिकृत पार्टीलाई राष्ट्रब्यापी रुपमा नेपाली जनताको घरदैलोमा पु¥याइ हिमाल, पहाड र तराइलाई एक सुत्रमा आवद्ध गर्ने अठोट लिएको उल्लेख छ । पार्टीले आजै घोषणा पत्र पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: May 7, 2017

प्रतिक्रिया दिनुहोस्