Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्रले भने– महन्थको विज्ञप्ति ‘झुठको खेति’

काठमाडौं, वैशाख २४:  उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिएपछि गठबन्धनमा रहेका अन्य दलहरुले यादवलाई हटाएर महन्थ ठाकुर संयोजक बनाएपछि यादवले पनि बिज्ञप्ती मार्फत प्रतिकृया दिएका छन ।

फोरम अध्यक्ष यादवले भने आइतबार विज्ञप्ति जारी गर्दै गठबन्धनको संयोजक आफू नै रहेको दाबी गरेका छन् । ‘महन्थ ठाकुरको नामबाट आएको प्रेस विज्ञप्ति राजनीतिक झुठको खेतीका साथै राजनीतिक बेइमानी र निन्दनीय काम समेत हो’, यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्याममा जेजस्ता समाचारहरु प्रेषित भएका छन्, ती गठबन्धनको आधिकारिक निर्णय नभएर ब्यक्तिगत निर्णयहरु मात्र हुन् ।’

‘आदिवासी जनजाति, मधेसी, थारु, खस, शिल्पी, मुश्लिम लगायत सम्पूर्ण उत्पीडित वर्ग र समुदायको हक अधिकारको निम्ति जारी संघर्षलाई सफलतामा पुर्याउन अरु बृहत्तर एकीकृत शक्ति निर्माण गर्नुपर्ने वर्तमान राजनीतिक परिस्थितिमा यसरी घात अन्तर्घात गर्ने कार्य अत्यन्तै लज्जास्पद मात्र नभएर खेदजनक पनि छ ।’– उपेन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: May 7, 2017

प्रतिक्रिया दिनुहोस्