Logo
१३ बैशाख २०८१, बिहीबार
(May 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेसवादी दलमा चुनावले निम्तायो भुँइचालो !

काठमाडौं, २१ बैशाख । चुनावले मधेसवादी दलमा भुँईचालोनै ल्याइदिएको छ । पछिल्ला दिनमा मधेसी दलहरूबीच आरोप–प्रत्यारोप बढेको छ ।

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनअघि निर्वाचनमा नजाने पूर्वप्रतिबद्धता तोडेका छन् ।

राष्ट्रिय जनता पार्टी भित्र पनि यतिबेला चुनावमा जाने या नजाने बारे निकैनै धम्साधम्सी चलेको छ । पूर्व अडान तोडेको प्रति अध्यक्ष यादव, संघीयता, गणतन्त्रलगायत परिवर्तनका उपलब्धि जोगाउन आफ्नो पार्टीले पहिलो चरणको चुनावमा भाग लिनुपरेको बताउछन् ।

उता,राजपा नेता राजेन्द्र महतोले मधेस आन्दोलनलाई धोका दिँदै यादव चुनावमा गएको आरोप लगाए । राजपाका अरू नेताले महतोको भनाइमा समर्थन जनाउँदै यादवकै कारण अब मधेसी मोर्चाको औचित्य समाप्त भएको घोषणा गरछन् ।

संविधान संशोधन गर्ने प्रतिबद्धता राज्यले दिइसकेको र त्यसअनुसार संशोधन विधेयक अगाडि बढेको हुनाले मधेसी मोर्चासँग पूर्वसहमतिअनुसार चुनावमा गएको यादवको जिकिर छ।

वैशाख ९ गते बालुवाटार वार्तामा सत्ता घटकले संविधान संशोधन विधेयक परिमार्जनसहित अघि बढाउने प्रतिबद्धता गरेपछि राजपा र फोरम दुवैले दुई चरणको चुनावमा जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसरी चुनावसँगै मधेशीदलहरु आरोप–प्रत्यारोपमा लाग्दा उनीहरु विचको एकता भंग भएको । मधेशवादी दल तिरबितर हुँदा मधेशका मुद्दा ओजेलमा पर्ने खतरा बढेको जानकारहरु बताउछन् । अब कसरी अघि बढ्लान त्यो हेर्न बाँकी छ ।

प्रकाशित मिति: May 4, 2017

प्रतिक्रिया दिनुहोस्