Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलनलाई ओझेलमा पार्दै उपेन्द्र यादव निर्वाचनमा सहभागी

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको ११ बुँदे र संघीय गठबन्धनको २६ बुँदे माग पुरा नभएसम्म निर्वाचनमा सहभागी नहुने बताउँदै आएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव स्थानीय निकायको निर्वाचनमा सहभागी भएका छन् ।

संविधानमा मधेशी–थारु र आदिवासी जनजातिको माग सम्बोधन नभएको भन्दै पछिल्लो एक वर्षसम्म मधेशमा आन्दोलन भयो । उक्त आन्दोलनमा नेपाल सरकारले ५५ जनाभन्दा बढी मधेशीको हत्या गरेको छ ।

र, अहिले पनि आन्दोलन जारी रहेको दाबी गर्दै आएका उपेन्द्र यादव एकाएक निर्वाचनमा सहभागी भएका हुन् । संविधान पुर्नलेखनको माग गर्दै आएका उपेन्द्र यादव अहिलेकै संविधानलाई कार्यन्वयन गर्न निर्वाचनमा सहभागी हुँदैछन् ।

यसअघि पनि मधेशी मोर्चासहित यादवले नयाँ संविधान अनुसार प्रधानमन्त्रीको निर्वाचनमा भोट हालेका थिए । त्यसबेलादेखि तेस्रो मधेश आन्दोलन सिथिल भएको थियो ।

मधेशी मोर्चाको एक घटक भएपनि निर्वाचनमा सहभागीताका बारे मधेशी मोर्चामा निर्णय भएको छैन भने संघीय गठबन्धनमा पनि निर्वाचनमा सहभागी हुने विषयमा निर्णय भएको छैन ।

पछिल्लो पटक यादवले मधेश आन्दोलनमा रहेकोले मतदाता नामावलीमा नाम छुटेकाहरुको नाम समावेश गर्न माग राख्दै आएका थिए । प्रदेशको सीमाकंनको विरोध गर्दै आएका यादवले स्थानीय तहको पुर्णसंरचना र स्वायक्त एवं संरक्षित क्षेत्र गठन नभएसम्म निर्वाचनमा सहभागी नहुने बताउँदै आएका थिए ।

फोरम नेपालका महासचिव रामसहाय यादवले भने,‘हामी निर्वाचनमा सहभागी हुँदैछौं । हामीले माग पनि छोडेका छैनौं । आन्दोलन पनि जारी रहनेछ । हुलाकी न्यूजमा समाचार छ ।

निर्वाचनमा अहिले उम्मेदबारी दर्ता मात्र गराएका छौं । पार्टीको निर्णयअनुसार नै हामी निर्वाचनमा सहभागी भएका छौं ।’ यादवले संविधान संशाृेधन र मोर्चाको माग पनि पुरा हुँदै जाने तर निर्वाचन छोड्न नमिल्ने बताए ।

‘मधेशमा यसको नकारात्मक असर पर्ला नि’ भन्ने प्रश्नमा यादवले सँग भने,‘फोरम नेपाल निर्वाचनमा सहभागी हुँदैमा मधेशमा कुनै नकारात्मक असर पर्ने छैन । मधेशी मोर्चाको माग सम्बोधन हुँदै गर्छ, निर्वाचन पनि सँगै हुन्छ ।’

प्रकाशित मिति: May 2, 2017

प्रतिक्रिया दिनुहोस्