Logo
२६ बैशाख २०८१, बुधबार
(April 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीसंगको वर्तापछि यस्तो आयो RJP नेताको प्रतिकृया

काठमाडौ, बैशाख १४ : राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले दल दर्ता र निर्वाचन चिन्ह उपलब्ध गराउने विषयमा आवश्यक पहल गर्न सरकारलाई दबाब दिएका छन् ।

उनीहरुले सबै असन्तुष्ट राजनीतिक दलहरुलाई सहमतिमा ल्याई राष्ट्रिय राजनीतिमा समावेश गर्न पनि सकारको ध्यानाकर्षण गराएकाको बैठकपछि नेता राजेन्द्र महतोले जानकरी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार भएको छलफलमा नेताहरुले राष्ट्रिय जनता पार्टीको मान्यता दिलाई चुनाव चिन्ह छाताको सुनिश्चित गर्न दबाब दिएका हुन् ।

छलफलमा जनसंख्याको आधारमा गाउपालिका, नगरपालिका र वडाको संख्या वृद्धि गर्ने पुर्व सहमति विपरित सरकारले काम गरेको भन्दै राजपा नेताहरुले त्यो आफुहरुलाई मान्य नहुने बताएका थिए ।

तर, सरकारले त्यस्तो निर्णय नभएको भन्दै सबैको सहमतिमा केन्द्रबाटै स्थानीय तहको संख्या बढाउने तयारी गरिरहेको स्पष्ट पारेको नेता महतोले बताए । बैठकमा संसद सञ्चालन र संविधान संशोधन विद्येयक पास गराउने लगायतबारे पनि छलफल भएको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षामान पुन र राजपाका महतोसहित शीर्ष नेताहरु सहभागी थिए ।

प्रकाशित मिति: Apr 27, 2017

प्रतिक्रिया दिनुहोस्