Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार, RJP र आयोगबीच वार्ता, राजपाले माग्यो छाता चुनाव चिह्न

काठमाडौं, वैशाख ११ : ६ ओटा पार्टीहरु एकआपसमा मर्जर भएर नवगठित  राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले सरकारसंग भएको सहमतिका आधारमा चुनावमा जाने समझदारी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार निर्वाचन प्रकृयामा उत्पन्न प्राविधिक समस्या हल गर्न निर्वाचन आयोगका पदाधिकारीहरुसंग छलफल गरेका छन् ।

६ मधेस केन्द्रित दलको एकिरणबाट बनेको राजपाले आफूहरुले छाता चुनाव चिह्न पाउनुपर्ने माग गरेका थिए । ‘हामीहरुले मतपत्र परिवर्तन गरेर भएपनि नयाँ दललाई मान्यता दिएर पार्टीको चुनाव चिह्न पाउनुपर्छ भन्ने माग गरेका छौं, तर आयोगका पदाधिकारीहरुले मतपत्र छापिसकिएका कारण संभव छैन भन्ने तर्क गर्दै भएका चिह्न मध्येबाट रोज्नुपर्ने आग्रह गरीरहेको छ,’ राजपा नेता राजेन्द्र महतोले  भने, ‘अब के गर्ने भन्ने बारेमा हामीहरु बैठक बसेर निर्णय गर्छौं ।’

निर्वाचन आयोगका पदाधिकारीहरुसंगको छलफलमा सरकार घटक दल, राजपा र संघीय समाजवादी फोरमका नेताहरु सहभागी थिए । छलफलमा मधेसमा स्थानीय तहको इकाई थप गर्दा हुने प्रकृयागत अप्ठ्यारा, चुनाव चिह्न र मनोनयन मिति थप गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

आयोग पदाधिकारीहरुले मतपत्र छापीसकेका कारण नयाँ चुनाव चिह्न दिन नसकिने र मतदाता नामावली थप गर्न समेत नसकिने जनाउ दिएको स्रोतले बतायो ।  आयोगले मनोनयनको समय भने दुई दिन बढाउन सकिने जानकारी दिएको थियो । आयोगले स्थानीय तहको इकाई थप गर्दा धेरै प्राविधिक समस्या आउने भएकाले चाँडै निर्णय लिईदिन सरकारसंग आग्रह गरेको थियो ।

प्रकाशित मिति: Apr 24, 2017

प्रतिक्रिया दिनुहोस्