Logo
६ बैशाख २०८१, बिहीबार
(April 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परिमार्जित संशोधन विधेयक संसदमा पेश, बैठक स्थगित

काठमाडौं, वैशाख ११ : सरकारले संविधान संशोधन विधेयक संसदमा पेश गरेको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले सोमबारको संसद बैठकमा उक्त संशोधन विधेयक पेश गरेका हुन् ।

संविधान संशोधन पेश गर्दै नायकले निर्वाचनको वातावरण बनाउन विधेयक ल्याइएको बताए । व्यवस्थापीका संसदमा दोश्रो संसोधन विधेयक २०७३ लाइ पेश गर्दैगर्दा सोमबार नेमकिपाका सांसदहरुले नारावाजी गरेका छन् ।

कानुनमन्त्री अजयशंकर नायकले मधेसी मोर्चासँगको सहमतिपछि संसदमा प्रस्ताव संशोधन विधेयक पढदैगर्दा नेमकिपाका तीन जना सांसदहरु आफ्नो आशनबाट उठेर नारावाजी गरेका हुन् । उनीहरुले प्रस्तावको विरोध गरेका थिए ।

कानूनमन्त्री नायकले नयाँ संशोधन विधेयक पेश गर्दै संशोधनबारे स्पष्ट गरेका थिए । संंशोधन विधानमा संघीय आयोग गठन गर्ने कुरा संक्रमणमा मात्र भन्ने उल्लखे भएकोमा अहिलेको संशोधनमा जुनसुकै समयमा पनि संघीय आयोग गठन गर्ने कुरा उल्लेख भएको मन्त्री नायकले बताए ।

प्रदेशको सिमाना सन्दर्भमा संविधानको २७४ लाई थप स्पष्ट गरिएको पनि उनले बताए । नागरिकताका सम्बन्धमा पनि संघीय कानून बमोजिम लिन सकिने गरी संशोधन गरिएको उनले बताए ।
संसद बैठकबाट वैशाख ७ गते गणपूरक अभावमा यसअघि विचाराधिन रहेको विद्युत नियमन आयोग २०७४ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरिएको छ ।

यस्तै, गत भाद्र २७ संसदमा पेश भइ विचाराधिन अवस्थामा रहेको वनस्पति स्रोतका सम्बन्धमा बनेको अर्को विधेयक भने सोमवारको संसद बैठकमा फिर्ता लिइएको छ । संसदको अर्को बैठक यहि वैशाख १२ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ ।

प्रकाशित मिति: Apr 24, 2017

प्रतिक्रिया दिनुहोस्