Logo
१३ बैशाख २०८१, बिहीबार
(April 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ ठाकुरको भनाई: ‘सहमति कार्यान्वयन भए चुनावमा भाग लिन्छौं’

बिराटनगर, ११ बैशाख : राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्त ठाकुरले सरकारसँग विगतमा भएका सहमति कार्यान्वय गरेको अवस्थामा आफ्नो पार्टी स्थानीय तहको निर्वाचनमा सहभागी हुने बताएका छन् ।

राष्ट्रिय जनता पार्टी मोरङले सोमबार बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ठाकुरले अब सरकारसँग कुनै नयाँ सहमति नहुने पनि स्प्रष्ट पारे ।

सरकारले यसअघि मधेसी मोर्चासँग गरेको सहमति कुनै पनि कार्यान्वय नभएको भन्दै ठाकुरले सहमति अक्षरशः कार्यान्वय भए चुनावमा सहभागी हुने बताए ।

उनले मोर्चा अहिले सरकारसँग कुनै नयाँ सहमति सम्झौता गर्ने पक्षमा नरहेको बताउँदै भने विगतका सहमति नै सरकारले कार्यान्वय गरेको छैन, हामी विगतको सहमति कार्यान्वयन भएको हेर्न चाहान्छौं, अनिमात्र सरकारसँग नयाँ सहमति सम्झौता गरौंला ।

ठाकुरले सरकारले मोर्चासँग गरेको सहमति कार्यान्यन नगरेको खण्डमा चुनावमा भाग नलिने पुरानो अडान यथावत रहेको पनि बताए ।
सरकारले पहिला संविधान संशोधन गर्नुपर्ने र त्यसपछिमात्रै चुनावमा भाग लिने वातावरण निर्माण हुने ठाकुरले बताए ।

उनले शनिबार सरकार र मोर्चावीच कुनै सहमति नभएको दौहोर्‍याउँदै उनले पुराना सहमति कार्यान्वय गर्न सरकारलाई सुझावमात्रै दिएको बताए ।

 

प्रकाशित मिति: Apr 24, 2017

प्रतिक्रिया दिनुहोस्