Logo
११ बैशाख २०८१, मंगलबार
(April 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावबारे मौन बस्दै गठबन्धनद्वारा आन्दोलन स्थगित

काठमाडौँ : संघीय गठबन्धनले घोषणा गरेको आफ्ना सबै आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । गठबन्धनको आज बसेको बैठकले सो निर्णय गरेको हो । गत बैशाख ३ गते स्थानीय तह निर्वाचनलाई केन्द्रीत गरेर संघीय गठबन्धनले आन्दोलनमा देशभर मसाल जुलुस निकाल्नेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्नेसम्मका चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो।

गठबन्धनले आइतबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको दुई पन्ने विज्ञप्तिमा आफूहरुको मागको सम्बोधन नगरिकन चुनाव गर्न खोजिएको भन्दै आन्दोलनमा जानु परेको बताएको थियो।

तर, शनिबार सात घण्टा लामो छलफल पछि सरकारसँग तीन बुँदे सहमति पछि गठबन्धनले आन्दोलनको कार्यक्रम फिर्ता लिएको हो । सहमतिमा स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने र परिमार्जनसहित फास्ट ट्रयाकमा संशोधन प्रस्तावलाई अघि लैजाने सहमति भएको थियो ।

सहमति पश्चात बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरिसकेको छ । शनिबार मधेसी मोर्चा र संघीय गठबन्धनसँग भएको तीन बुँदे समझदारी अनुसार सरकारले बैशाख ३१ र जेठ ३१ गरी दुई चरणमा स्थानीय चुनाव गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार दिउँसो सम्पन्न बैठकले प्रदेश नम्बर ३, ४ र ६ मा बैशाख ३१ गते तथा प्रदेश नम्बर १,२, ५ र ७ मा जेठ ३१ गते स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: Apr 24, 2017

प्रतिक्रिया दिनुहोस्