Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कान्तिपुर दैनिक र नागरिक दैनिकमा मान्छे तानातान

काठमाडौं । पछिल्ला दिनमा कान्तिपुर दैनिक र नागरिक दैनिकमा मान्छे तानातान चलेको छ । एक चैत्रबाट कान्तिपुरको विचारपृष्ठमा काम गरिरहेका तिलक पाठकलाई नागरिकले ‘सेकेण्ड म्यान’को जिम्मेवारी दिएर तान्यो ।

लगत्तै कान्तिपुर पनि के कम र उसले नागरिकबाटै ‘डेक्स चिप’ यादव थपलियालाई तान्यो । त्यसपछि नागरिकले फेरी कान्तिपुरमा काम गरिरहेका विष्णु पेखरेललाई तान्ने तयारी अन्तिम चरणमा पु¥याइएको स्रोतहरुले बताएका छन् । नागरिकमा सामाजिक व्यूरो प्रमुखको जिम्मेवारी पाउने भएपनि पोखरेलले कान्तिपुरबाट राजीनामा दिएको बताइन्छ । अभियान टाइम्समा खबर छ ।

यसैबीच नेपालको नीजिस्तरको लोकप्रिय मिडिया कान्तिपुर पव्लिकेशनको व्यवस्थापकीय जिम्मेवारीमा पुस्तान्तर गरिएको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहियाले छोरालाई व्यवसायमा स्थापित गर्ने तयारी गरेका हुन् ।

कान्तिपुर स्रोतका अनुसार कैलाशले छोरा सम्भवलाई कान्तिपुर मिडियाको ‘सिइओ’ प्रवन्ध निर्देशक बनाउने निर्णय गरेका हुन् । सम्भवको नाम नयाँ बर्षबाट कान्तिपुर दैनिकलगायत कान्तिपुर मिडियाका सबै शाखामा प्रवन्ध निर्देशनको रुपमा देखिने स्रोतले बतायो । मिडियाको अध्यक्ष भने सिरोहिया आफै रहने छन् । कैलाशकी श्रीमती स्वस्तिका निर्देशक छिन् ।

प्रकाशित मिति: Apr 6, 2017

प्रतिक्रिया दिनुहोस्