Logo
१२ बैशाख २०८१, बुधबार
(April 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजु गुप्ता र योगेन्द्रराय सहित सदभावनाका नेताहरु संघिय फोरममा

सिराहा, २२ चैत । लामो समयदेखि राजिनमा दिएर बसेका सदभावना पुर्व सहमहासचिव राजु गुप्ता र केन्द्रिय सदस्य योगेन्द्रराय यादव सहित सदभावनाका बिभिन्न नेता/कार्यकर्ताहरु उपेन्द्र यादव नेतृत्वको सघिय समाजवादी फोरममा प्रवेश गरेका छन ।

सिराहामा आयोजित एक कार्यक्रम बिचि सिराहा र रौतहट जिल्लाका बिभिन्न सदभावना नेता कार्यकर्ताहरु फोरममा प्रवेश गरेका हुन । फोरम अध्यक्ष्य उपेन्द्र यादवले उक्त नेताहरुलाई पार्टीमा अविर मालाका साथ भित्राइएका थिए ।

केहि महिना अघि बिरगंज स्थित केन्द्रिय कार्यसमितिको बैठकमा राजु गुप्ताले सदभावनाबाट राजिनमा दिएका थिए । केन्द्रमा सम्मानित स्थान दिइने आश्वासन सहित उक्त नेताहरु फोरममा प्रवेश गरेको बताइएको छ ।

प्रकाशित मिति: Apr 4, 2017

प्रतिक्रिया दिनुहोस्