Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६० औं दिनमा सीके राउत विरुद्ध संगठित अपराधको मुद्दा दर्ता

सिरहा, २२ चैत । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा.सीके राउतसहित दश जना विरुद्ध सिरहा प्रहरीले संगठित अपराधको मुद्दा दर्ता गराएको छ ।

माघ पाँच गते सिरहाको लाहानमा मधेश बलिदानी दिवसको अवसरमा बृहत्त कार्यक्रम गरेको भन्दै डा.राउतसहित उनका समर्थकहरुमाथि उक्त मुद्दा लगाइएको हो । माघ २० गते जनकपुरधामस्थित डेराबाट डा.राउतलाई पक्राउ गरी सिरहा प्रहरीलाई बुझाइएको थियो ।

नेपाल प्रहरीले हिरासतमा लिएको ६० औं दिनमा सोमबार साँझ प्रहरीले डा.राउतसहित लाहानको कार्याक्रममा सहभागी भएका दश जना विरुद्ध संगठिन अपराधको मुद्दा दर्ता गराएको छ भने एक जना विरुद्ध सार्वजनिक अपराधको मुद्दा दर्ता गराएको हो ।

मंगलबारबाट उक्त मुद्दामा बहस हुँदैछ । यता डा.राउतको गिरफतारिका विरुद्ध मधेशका विभिन्न जिल्लामा क्रमिक रुपमा प्रर्दशन हुँदै आएको छ ।

प्रकाशित मिति: Apr 4, 2017

प्रतिक्रिया दिनुहोस्