Logo
१२ बैशाख २०८१, बुधबार
(April 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘जबरजस्ती चुनाव गराए मधेसमा रगतको खोलो बग्छ’

परासी, चैत २१ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख तीन दलका नेतालाई अब्बल दर्जाका बेइमानीको संज्ञा दिएका छन् ।  उनले तीन दलले जसरी पनि चुनाव गराउने भन्दै मिति घोषणा गरेकाले मधेसका जिल्लामा उम्मेदवारी दर्ता गरेर देखाउन चुनौती दिए ।

पटक–पटक सम्झौता गर्ने अनि अधिकार माग्दा प्रधानमन्त्रीले संसदमा संख्या पुग्दैन भन्दै बहाना खोज्ने ?’ संविधान जारी गर्दा जस्तै गरी संशोधनमा पनि संख्या पुर्‍याउने जिम्मा तीन दलकै भएको भन्दै महतोले जबरजस्ती चुनाव गराए मधेसमा रगतको खोलो बग्ने चेतावनी दिए।

सोमबार नवलपरासीको परासीमा आयोजित कार्यक्रमलाई स्म्बोधन गर्दै महतोले भने,‘बेइमानीको पनि हद हुन्छ ।  आफूहरु चुनाव विरोधी नभएको भन्दै महतोले संविधान संशोधनको प्रक्रिया अघि बढाए निर्वाचनमा जाने बताए ।

नाकाबन्दीलाई ब्रह्मअस्त्रको रुपमा प्रयोग गरेपनि सफल नभएको उनले बताए । महन्थ ठाकुर र उपेन्द्र यादवले साथ नदिँदा मधेस आन्दोलन सफल हुन नसकेकाले अहिले जनदबाबका कार्यक्रम गरिएको उनले बताए ।

‘आफूले विरगञ्ज नाका बन्द गराएजस्तै अन्य दुई प्रमुख नाकामा ठाकुर र यादव बसेर आन्दोलन हाँकेको भए मधेसका माग त्यतिबेला नै पूरा हुन्थ्यो,’ महतोले भने ।

त्यस्तै राप्रपाबाट पूर्व सभासद तथा हाल तमसपाका राष्ट्रीय उपाध्यक्ष अलाउद्दीन अंसारी, तमलोपाका जिल्ला सचिव बुद्धीराम यादव, फोरम लोकतान्त्रिकका नेता अनिल मियाँ सहित बिभिन्न नेता/कार्यकर्ता सदभावना पार्टीमा प्रवेश गरेका छन । अध्यक्ष राजेन्द्र महतोले उक्त नेताहरुलाई सोही कार्यक्रमवीच पार्टीगत स्वागत गरेका थिए ।

प्रकाशित मिति: Apr 3, 2017

प्रतिक्रिया दिनुहोस्