Logo
१३ बैशाख २०८१, बिहीबार
(April 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशका २३ ओटा जातिय समाजहरुको अवाजः ‘संशोधनपछि मात्र निर्वाचन गर’

काठमाडौं, २० चैत्र । मधेशका बिभिन्न २३ ओटा जातियसंगठनहरुको साझा मञ्च मधेशी जातिय समन्वाय समाजले संशोधनपछि मात्र चुनाव गर्नुपर्ने धारणा अघि सारेको छ । नोपल कुशवाहा कल्याण समाज, यादव सेवा समाज, मैथिल ब्रहमण समाज, मुस्लिम समाज, सुडी समाज, तेली समाज लगायतका गरी जम्मा २३ ओटा जातिय समाजका प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी मधेशी मोर्चाले उठाउदै आएका मागमा आफूहरुको पनि सरोकार रहेको बताए ।

मधेशको समस्या राष्ट्रिय समस्या भएको भन्दै जातिय समाजका एक प्रतिनिधिले भने ‘यो दुई ४ जना मधेशीहरुको मात्र माग होइन सिगो मधेशी जातिय समाजको पनि यसमा सरोकार रहेको छ ।’ समाजका प्रतिनिधिहरुले १० बुदे ज्ञापनपत्र समेत बुझाएका छन । समाजले उक्त ज्ञापनपत्र प्रधानमन्त्री सहित राष्ट्रपति, सभामुख, प्रतिपक्षी नेताहरु सहित मधेशी मोर्चाका नेताहरुलाई समेत बुझाउने नेपाल कुशवाहा कल्याण समाजका अध्यक्ष तपेश्वर महतोले बताए ।

ज्ञापनपत्र बुझदै प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले सिंगो देश निर्वाचनमा जुटिसकेको बताउँदै मधेशी मोर्चासँग समेत सहमति बनाएर चुनाव गर्ने प्रयासमा आफू निरन्तर लागि रहेको दावी गरेका । उनले संविधान संशोधन प्रस्ताववारे आज भोली नै टुंग्याउने गरी आफूले पहल गरिरहेको बताउँदै देशलाई अतिवादमा जान नदिन परिवर्तनकारीहरु मिल्नुको बिकल्प नभएको बताए ।

समाजको कार्यलाई सरहानिय भन्दै जातिय समाजहरुले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।  उनले आगामी बैशाख ३१ गते सहज वातावरणमा स्थानीय तहको निर्वाचन हुने बताउदै संविधान संशोधनका लागि सत्तापक्षको मात्रै दुई तिहाई नपुग्ने प्रष्टाउँदै प्रमुख प्रतिपक्षसँग समेत छलफल गरेर सहमति बनाउने प्रयास भइरहेको बताए ।

मधेशी जातीय समन्वय समाजको तर्फवाट संविधान संशोधन गरेर मात्र चुनावमा जानुपर्ने लगायतका माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

यस्तो छ ज्ञापनपत्र:

 

 

”मधेशको सम्पुर्ण जातिय संगठनहरुको साझा मञ्च”

मधेशी जातिय समन्वय समाज

Madheshi Cast Co-ordination Society

ज्ञापन–पत्र

तराई–मधेशमा पटक–पटकगरी जनविद्रोह र त्यसपछि गरिएका बिभिन्न समझौताहरुलाई दरकिनार गर्दै मधेशमा रहेको रक्तमय स्थितीवीच जर्वजस्ती देशमा जारी भएको नयाँ सविंधानले देशको सिंगो राजनितीक अवस्था अझै पनि अन्यौल र द्वन्दमय नै रहेको सबैलाई सर्व्विदितै छ । मधेश आन्दोलनताका सत्तापक्षिय दमनका कारण कयौं मधेशी समुदायका नागरिकले आहुती दिएपनि मधेशी समुदाय अझै पनि अधिकार सम्पन्न हुन सकेको छैन ।

अतः नयाँ सविधान जारी भए देखि नै देशमा आन्दोलनमय अवस्था जस्ताको त्यस्तै रहेको हेरेर मुकर्दशक भइ बस्न नसकी देशमा जारी दुइ पक्षिय द्वन्द अर्थात शोसित र शाशक पक्ष वीचको द्वन्दलाई सामाधान गर्नु अति आवश्यक रहेको यथार्थलाई नाकार्न सकिन्न तसर्थ मधेशको सम्पुर्ण जातजातीहरुका अगुवाहरुको वृहत बैठक र विचारविर्मसपछि मधेशकोे जातिय संगठनहरुलाई मधेशी जातिय समन्वय समाजको रुपमा राज्यपक्ष र सरोकारवाला सबै पक्षलाई समन्वय गर्न एउटा साझा मञ्च तयार भएको हो र यस्ले मधेशको प्रत्येक राजनीतिक, समाजिक, आर्थिक, वातावरणीय र सांस्कृतिक पहिचानसहित सबै किसिमको विभेदका विषयमा आफनो सरोकार रहेको ठहर गर्दै वर्तमान समयमा सरकारद्वारा निर्धा्रित स्थानिय तहको चुनाव र आन्दोलनरत मधेशी मोर्चाद्वारा घोषित चुनाव बहिष्कार रणनीतिलाई समाधानका लागि समन्वय गर्न यो समाज अग्रसर भएको जानकारी समेत गराउन चाहान्छौं ।

मधेशी भनेको देशको तराई–मधेश क्षेत्रमा परापुर्व कालदेखि स्थायी रुपमा बसोवास गर्दे आएका सम्पुर्ण जातजाति नै हुन र यी जातजातीकै प्रतिनिधिहरु नै बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता रहेको हँुदा दुई पक्षिय द्वन्दलाई समाधान गर्न समन्वयकारी भूमिका यो समाजले गर्नु पर्ने आवश्यकतालाई महसुस गरी बुदागत रुपमा निम्न धारणाहरु प्रस्तूत गरेका छौं :

१. पछिल्लोपटक दुःखद् सप्तरी घटनामा ज्यान गुमाएका र घाइते भएकाहरुलाई राज्यपक्षबाट उचित सम्मान र उक्त घटनाको न्यायिक छानविनगरी दोषीलाई हदैसम्मको कारवाही गर्न हामी जोरदार माग गर्छौ । साथै, पीडित परिवारलाई राज्यद्धारा यथेष्ठ क्षतिपूर्तिसहित निश्ल्क शिक्षा, स्वास्थ्य र रोजगारी सहित प्रदान गर्न आग्रह गर्दर्छौ ।

२. बिभिन्न परिवर्तनहरुलाई संस्थागत गर्न देशमा चुनाव अति आवश्यक भएपनि, पुर्व समझौताहरु अनुसार, मधेशी, जनजाती, थारु, मुस्लिम समेत असन्तुष्ट पक्षहरुको साझा मुद्दाको रुपमा मधेशले उठाएको मागहरुमा सहमती गरी, परिमार्जन सहित संशोधन त्यो भन्दा बढी आवश्यक रहेकोले संशोधनपछि मात्रै चुनाव गर्नु उचित हुनेछ भन्ने हाम्रो ठहर छ ।

३. संयूक्त लोकतान्त्रिक मधेशी मोर्चाले उठाएका मागहरु बिगतका बिभिन्न सम्झौताहरुमा अधारित रहेको हँुदा मधेशी मोर्चाको उक्त मागहरु मधेशीदलको मात्र नभई मधेशमा बसोवास गर्ने सम्पुर्ण जातजातीको भएको हाम्रो ठहर रहेको छ ।

४. बर्तमान राजनीतिक द्वन्दको समाधान र मधेशीजनतालाई हरेक दृष्टिकोणबाट अधिकार सम्पन्न गराउनु मधेशीमोर्चामा आवद्ध दलहरुको मात्र जिम्मेवारी नभई नेपाली काग्रेस, एमाले, माओवादी, राप्रपा सहित अन्य दलहरुबाट मधेशको प्रतिनिधित्व गर्नेहरुको पनि उतिकै जिम्मेवारी हुनुपर्ने भन्ने हाम्रो धारणा रहेको छ ।

५. बर्तमान मुठभेडको स्थितीमै राज्यले जवर्जस्ती चुनाव गराउनु भनेको “राजबिराज घटना” जस्तो, दुःखद दुर्घटनाहरु पटक–पटक हुन सक्ने संभावना भएकाले मधेश समस्या सामाधान गरी मात्र चुनाव गराउनु पर्दछ भने एक निरविकल्प समाधान हुने हाम्रो ठहर छ ।

६. द्वन्दकाल, संक्रमणकाल लगायतका नाममा दिनानुदिन राज्य निकै पछाडी पर्दै आएका हँुदा चाँडो भन्दा चाँडो देशको राजनीतिक समस्यालाई समाधान गर्नु पर्ने हाम्रो ठहर रहेको छ ।

७. प्राकृतिक श्रोत सम्पदा जल, जमिन र जङ्गलमा मधेशी जनताको समान अधिकारको सुनिश्चतताका लागि राज्य पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने हाम्रो ठहर छ । त्यसैले नयाँ संविधान, नीति नियममा प्राकृतिक श्रोत सम्पदाको उपभोगबारे बर्तमान असमानतालाई हटाइ तराई–मधेशका जनताको वन उपभोग गर्ने अधिकारको सुनिश्चितता हुनु पर्दछ ।

८. बिभिन्न राजनीतिक दलका बिभिन्न नेताहरु सहित तथाकथित् बुद्धिजिवीहरुले मधेशी समुदायलाई अपमान हुने, होच्याउने लगायतका अभिब्यक्तिहरु दिनु र त्यसलाई राष्ट्रिय मिडिया जस्ता जिम्मेवार जगतले बढावा दिनु अति नै दुःखद र घातक कार्य हुने गरेको हुदा यस्ता गतिबिधि प्रति खेद ब्यक्त गर्दै अब उपरान्त यस्ता भेदभाव निर्मुल हुने अपेक्षा यस समाजको रहेको छ ।

९. केहिदिन अघि भएको कंचनपुर दुःखद घटनामा मारिएका गोविन्द गौतमलाई उच्च सम्मान दिइनु सराहनिय भएपनि ६ वर्षअघि सोही प्रकृतिबाट मारिएका मोरङका बासुदेव साह प्रति राज्यपक्ष बिगतमा मौन हुनुले सरकारको बिभेदकारी नियत झल्किएको हुदा एउटै देशका दुई नागरिक प्रति राज्यको ब्यवहारमा भेदभाव गर्न नहुने यो समाजको ठहर रहेको छ ।

१०.मधेशको समस्या सिंगो देशको राष्ट्रिय समस्या भएको हँुदा यसलाई समाधानका लागि साकारात्मक पहल गर्नु बिभिन्न राष्ट्रिय÷अन्तर्राष्ट्रिय संघसंस्था, अन्तर्राष्ट्रिय कुटनीतिक निकाय, संचारजगत सहित आम जनताको समेत उतिकै जिम्मेवारी हो । र यथास्थित झै यो समस्या अझै लम्बिनु हुदैन भन्ने तर्क सहित यो अवस्था यस्तै रहे यो समाजले कठोर निर्णय गर्न बाध्य हुनेछ भनी हामि जानकारी गराउँदछौं ।

१. नेपाल कुशवाहा कल्याण समाज, अध्यक्ष, तपेश्वर महतो ……………..

२. नेपाल यादव सेवा समिति, अध्यक्ष, भुवनेश्वर यादव ………………

३. सुडी समाज, काठमाण्डौ, प्रतिनिधि, डा. अशोक महासेठ ……………..

४. नेपाल कलवार कल्याण समिति, अध्यक्ष, लक्ष्मीनारायण साह कलवार……………..

५. तेली कल्याण समाज, सचिव, सत्यनारायण साह, ……………..

६. कुर्मी सशक्तीकरण मञ्च, के.सदस्य, श्यामसुन्दर राय कुर्मी ……………..

७. अखिल नेपाल यादव महिला संघ, अध्यक्ष, आशा यादव ……………..

८. उपत्यका मंडल केवट समाज, ……………..

९. नेपाल बडही समाज, अध्यक्ष, धनिकलाल ठाकुर ……………..

१०. नेशनल मुस्लिम फोरम, महासचिव, नजरुल हुसैन ……………..

११. नेपाल देव समाज, सचिव, सतिसकुमार देव ……………..

१२. नेपाल चित्रगुप्त समाज, ब.उपाध्यक्ष, रतिसचन्द्रलाल सुमन ……………..

१३. नेपाल स्वर्णकार समाज, प्रतिनिधि, प्रभूप्रसाद साह ……………..

१४. धानुक सेवा समाज, प्रतिनिधि, कमल मंडल ……………..

१५. नेपाल नाइ संघ, प्रतिनिधि, राजकुमार ठाकुर ……………..

१६. मैथिल व्राह्मण समाज, के.सदस्य ह्दयकान्त झा …………….

१७. नेपाल रंञ्जन समाज, अध्यक्ष बिष्ण्ुदेव राम ……………..

१८. गोपाल सेवा समिति, प्रतिनिधि, सियाराम राय ……………..

१९. नेपाल राष्ट्रिय मुसहर संघ, केन्द्रिय सदस्य, पच्चु माझी ……………

२०. नेपाल झाँगड सेवा समाज, महासचिव सुरेन्द्र कुमार उराँव …………….

२१. नेपाल गन्गाई कल्याण परिषद, श्याम मंडल

प्रकाशित मिति: Apr 2, 2017

प्रतिक्रिया दिनुहोस्