Logo
१२ श्रावण २०८१, शनिबार
(March 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजेन्द्र महत्तोको सद्भावना पार्टीलाई यसरी लाग्दैछ ठूलो झड्का !

काठमाडौं, १७ चैत्र । राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीमा ठूलो धक्का लाग्ने भएको छ । सद्भावना पार्टीमा राजिनामा दिएर बसेका तत्कालिन सहमहामन्त्री राजु गुप्ताका अनुसार आउँदो चैत २२ गते रौतहटमा सद्भावनाबाट संघीय समाजवादीमा जानेको लर्को लाग्ने भएपछि सो पार्टीलाई ठुलो धक्का लाग्ने भएको हो ।

सो पार्टीका केन्द्रीय पदाधिकारीसहित ठूलो समूह उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका जाने तयारी भइरहेको बताइएको छ । पार्टीका सहमहामन्त्री राजु गुप्ताको नेतृत्वमा सयौं नेता तथा कार्यकर्ता सो फोरम नेपालमा प्रवेश गर्न लागेकाका हुन ।

सहमहामन्त्री गुप्ताले न्यूज अभियानसँग भने, ‘म लगायत पार्टीका केन्द्रीय सल्लाहकार रामबल्लव साह र पीबी ठाकुर, क्षेत्रीय अध्यक्ष प्रमोद साह, शिक्षक मञ्चको केन्द्रीय सदस्य नेपाली साह, दलित मञ्चको केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र पासवान, सुधिर शाह,जगत शाहलगायत सयौं कार्यकर्ता तथा नेताहरु सद्भावना पार्टी छाडेर फोरम नेपालमा प्रवेश गर्न लागेका हौं ।’

पार्टी नेतृत्वको असक्षमता तथा पार्टीभित्रका केही स्वार्थी नेताका कारण पार्टी छाड्नु उनले परेको बताए । यसैविच, केन्द्रीय सदस्यबाट बाहिरिएका योगेन्द्रराय यादवले अध्यक्ष महत्तो प्रति गम्भिर आरोप लगाएका छन् ।

न्यूज अभियासँग कुराकानी गर्दै उनले राजेन्द्र महत्तोले सबल नेतृत्व गर्न नसकेको बताए । यादवले पछिल्लो समय महत्तो नातावाद,कृपावाद, व्यक्तीवादमा फसेको आरोप लगाउँदै सो पार्टीमा बस्नुको अ‍ैचित्य समाप्त भएको समेत जिकिर गरे ।

यादवले मधेशमा राजेन्द्र महत्तोले मधेशका मुद्दामा गद्दारी गर्दा उनको पार्टीको हैसियत समाप्त भएको समेत दावी गरे । स्रोतका अनुसार यदाब सहित अन्य ६ जना केन्द्रीय सदस्यले समेत सद्भावना छाड्दैछन् । उनीहरु कता जाने भन्ने बारे अझै टुंगो लाग्न सकेको छैन् ।

उनीहरुले लोकतान्त्रिक पद्धती अंगालेका केही पार्टीहरुसँग कुराकानी गरिरहेको र छिट्टै टुंगोमा पुग्ने तयारी गरेको बुझिएको छ ।

प्रकाशित मिति: Mar 30, 2017

प्रतिक्रिया दिनुहोस्