Logo
१३ बैशाख २०८१, बिहीबार
(March 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिके राउतलाई १० दिन थुनमै राख्न फेरी आदेश

सिरहा, ११ चैत । राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाइएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा.सिके राउतलाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको छ । जिल्ला अदालत सिरहाले यो दिएको यो म्याद थपको आदेश यो पाँचौं पटक हो ।

राष्ट्र बिरोधी र स्वतन्त्र मधेसको पक्षमा गतिविधि गर्दै आएको आरोपमा धनुषाको जनकपुरमा पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय लहानमार्फत मुद्दा दायर गरिएपछि अदालतमा पेश गरिएका राउतलाई पहिलो पटक गएका माघ २१ गते सिरहा जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

राउत विरुद्ध अनुसन्धानका लागि दोस्रो पटक फागुन १ गते १० दिन, तेस्रो पटक ११ गते फेरि १० दिन म्याद थपेको थियो भने चौथो पटक २० दिनको र पाँचौ पटक शुक्रबार जिल्ला अदालत सिरहाले थप दश दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख शेखर कोइरालाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: Mar 24, 2017

प्रतिक्रिया दिनुहोस्