Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सीमांकनलाई थाती राखेर कुनै सम्झौता गर्दैनौं’

सप्तरी, ७ फागुन । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सीमांकनलाई थाती राखेर सरकारसँग कुनै सम्झौता नगर्ने बताएका छन् । बाहिर चर्चा भए जस्तो कुनै सहमति नभएको भन्दै उनले संविधान संशोधन नभई मधेसी मोर्चा चुनावमा जान नसक्ने बताए । सरकार र मोर्चाबीच सहमति भएको कुराहरु बाहिर आएका सन्दर्भमा सञ्चारकर्मीले राखेको जिज्ञासामा मधेसी मोर्चाका नेता ठाकुरले भने, ‘अहिलेसम्म यस्तो कुनै सहमति भएको छैन र, यस्तो सहमति हामीले गर्दैनौं पनि ।’

गत फागुन २३ गते सप्तरीको मलेठमा प्रहरीको गोलीबाट मारिएका पाँच जनाको परिवारलाई भेट्न सप्तरी आएका ठाकुरले सीमांकन हेरफेरसहित संसदमा पेश भएको संम्शोधन विधेयक परिमार्जनसहित पास नभए मोर्चा निर्वाचनमा नजाने बताए । जनआन्दोलन, मधेस आन्दोलनको मर्मलाई बुझ्दै आन्दोलनबाट आएका उपलब्धीहरुलाई संस्थागत गर्न संविधान संशोधन गर्नैपर्ने उनको भनाइ छ ।

ठाकुरले प्रजातान्त्रिक मुलुकहरुमा बन्दुकको काम नभएको बताउँदै शान्तिपूर्ण प्रदर्शन गर्नेमाथि बन्दुक चलाउने मुलुकलाई प्रजातान्त्रिक भन्न नसकिने बताए । ‘नेपालमा प्रजातन्त्रदेखि गणतन्त्र आइसकेको छ भनिन्छ’ उनले भने, ‘तर शान्तिपूर्ण प्रदर्शनमा समेत गोली प्रहार गरी जनता मार्ने देशलाई के भन्ने ?’

मृतक परिवारलाई नै भेट्न आएका ठाकुरले पाँचै जनाको घरमा गएर सान्तवना दिएका छन् । मलेठ २ का सञ्जन मेहता, बिरेन्द्र महतो, मलेठ ४ का पिताम्बर मण्डल, जमुनी मधेपुरा गाविसका इनरदेव यादव र प्रसवनी गाविसका आनन्द साहको घरमा पुगेर उनीसहित उनका पार्टी नेताहरुले सान्वतना दिएका छन् ।

ठाकुरले पाँचै जनाको परिवारलाई रु २५ हजारका दरले नगद सहयोग समेत गरेको तमलोपाका जिल्ला अध्यक्ष रामपि्रत यादवले जानकारी दिए ।

प्रकाशित मिति: Mar 20, 2017

प्रतिक्रिया दिनुहोस्