Logo
५ जेष्ठ २०८१, शनिबार
(March 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी दलहरुले आज पत्र बुझाउदैः फोरमले हिजै बुझायो

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेशी मोर्चामा आवद्ध अन्य दलहरुले बर्तमान सरकारलाई दिएको सर्मथन फिर्ताबारे पत्र आज बुझाउदैः छन ।  फोरमका तर्फबाट सांसद शिवजी यादवले सभामुख ओनसरी घर्तीलाई केही बेर अघि पत्र बुझाउदै आफुहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराएका हुन् । फोरमका १५ जना सांसद छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएपनि मोर्चासम्बद्ध दलले सभामुखलाई पत्र भने बुझाएका थिएनन् । संसदले मोर्चालाई नचिन्ने भएकाले मोर्चामा आबद्ध दलहरुले समर्थन फिर्ताको पत्र छुट्टाछुट्टै बुझाउनु पर्ने अवस्था रहेकोमा सबैभन्दा पहिला यादवको पार्टीले बुझाएको हो । मोर्चाका अब अरु छ दलले भने पत्र बुझाउन बाँकी छ ।

सभामुखलाई पत्र बुझाएर बाहिरीए पछि फोरमा सांसद शिवजी यादवले सरकार गठनका समयमा गरेको तीन बुँदे सहमति विपरितको मर्म र भावना विपरित सरकार हिँडेकाले समर्थन फिर्ता लिएको जानकारी दिए । फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सम्बन्धमा संसद सचिवालयका प्रवक्ता डाक्टर भरत गौतमले तत्कालै खास प्रभाव नदेखिए पनि निर्णय प्रक्रियामा केही प्रभाव देखिने बताए ।

सरकारको समर्थन फिर्ता संगै त्यो दल प्रतिपक्षीको रोमा बस्नु पर्ने भएकाले सचिवालयले त्यसको व्यवस्था मिलाउने पनि उनले बताए ।

 

 

प्रकाशित मिति: Mar 16, 2017

प्रतिक्रिया दिनुहोस्