Logo
१३ बैशाख २०८१, बिहीबार
(March 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाक्लो सुरक्षावीच यस्तो देख्यो नेपालंजको दृष्य (फोटो फिचर)

बाँके, चैत १ । नेकपा एमालेको मेची महाकाली अभियान टोली मंगलबार बाँकेको नेपालगन्ज पुगेको छ । मधेसी मोर्चाको विरोधका बाबजुत अहिले बाँकेको चारकाँदो भन्ने स्थानमा एमालेले आमसभा गरेको छ । एमालेको अभियानलाई अवरोध गर्न मोर्चाले गरेको प्रदर्शन अराजक बन्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिनको लागि हवाई फायर गर्नुपरेको बाँकेका एसएसपी विरेन्द्र बस्न्यातले जानकारी दिए ।

चारकाँदोमा आमसभा चल्दै गर्दा मधेसी मोर्चाका कार्यकर्ताले स्थानीय गुनाना चोकमा विरोध प्रदर्शन गरेका छन् भने मोर्चाका कार्यकर्ता उग्र बन्दै गएपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।  यसैबीच सद्भावना पार्टीका जिल्ला अध्यक्ष लक्ष्मी नारायण बर्माले भने आफूहरुको शान्तिपूर्ण विराधमा प्रहरीले हवाई फायर गरेको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति: Mar 14, 2017

प्रतिक्रिया दिनुहोस्