Logo
८ बैशाख २०८१, शनिबार
(March 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशमा “होलीका” दहनको सट्टा “ओलीका” दहन (फोटो फिचर)

जनकपुरधाम २७ फागुन । पछिल्लो सप्तरी गोलीकाण्ड सगै तराईमा आक्रोश फैलिएको छ भने पौराणित विधि अनुसार असत्यमाथि सत्यको विजय भएको खुसियालीमा होलीका दहनको सट्टा ओलीका दहन गरिएको छ । मास नामक संठनले शनिवार मध्यराति जनकपुर स्थित ओलिका दहन गरेको हो । होलीको पूर्व संध्यामा होलिका दहन गर्ने परम्परा रहेको छ । मासका कार्यकताहरुले एमाले अध्यक्ष केपि शर्मा ओलिको पुत्ला ।

फोटोलाई ओलिका भन्दै जलाएका हुन ।  होली पर्वको पूर्व सन्ध्यामा होलिका दहन गर्ने विधि अनुुसार यसपाली होलिका दहनमा एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको आकृति दहन गरेका हुन । त्यस्तै, एमालेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीको राजविराजमा भएको गोली काण्डमा परी ४ जनाको मृत्यु भएको छ साथै एक दर्जन भन्दा बढी घाईते रहेका छन् ।

हर्षोउल्लासका पर्वको रुपमा मनाउदै आएका होली पर्व यसपाली मधेसमा नमाउने भएको छ । असत्यमाथि सत्यको विजय भएको खुसियालीमा मनाउने होली सप्तरी राजविराजको घटनाले शोकाकुल मधेसी जनता यसपाली होली नमाउने चर्चा चलेको देखिएको छ ।

 

 

प्रकाशित मिति: Mar 11, 2017

प्रतिक्रिया दिनुहोस्