Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होलीपर्वको पूर्बसन्ध्यमा हरियो टुबोर्ग भित्रको कालो कर्तुत – भिडियो सहित

काठमाडौँ, २६  फागुन ।  नेपालका चर्चित बियरहरु मध्येको नाममा कहलिएको बीयर हो टुबोर्ग बियर ।  तर त्यही  हरियो टुबोर्ग भित्रको कालो कर्तुत भने सबै उपभोक्तालाई  थाहा नहुन सक्छ, यतिबेला न्यूज अप्रेशनले केहि त्यस्ता  तथ्य फेला पारेको छ, जुन सुन्ने बित्तिकै आश्चर्य लाग्न सक्छ ।

केहि दिनअघि काठमाडौँका विभिन्न स्थानबाट किनिएका टुबोर्ग बीयरको बोटलभित्र लेदो भेटिएको  छ । कतिपयले टुबोर्ग बीयर भित्र अन्य अखाद्य बस्तु भेटिएको गुनासो गरेका छन् ।  अहिले पनि विभिन्न स्थानहरुमा टुबोर्ग बीयरसम्बन्धी विभिन्न खाले गुनासोहरु आउन थालेका छन् ।

यस्तै कलंकी स्थित एक रेस्टुरेन्टमा  ग्राहकले बीयर मगाए, बीयर सेवन गर्दै  जाने क्रममा लेदो भेटिएपछी ति ग्राहकले  रेस्टुरेन्ट मालिक संग भनाभन समेत गरि खाएको पैसा समेत नतिरेर हिडेको रेस्टुरेन्ट मालिकले  न्यूज अप्रेशनको  क्यामेरामा  गुणासो पोखिन् । यस पछी पुनः अन्य बोटलमा चेकजाच गर्दा लेदो देखिएको तलको भिडियोमा  दृश्य हेर्न सकिने छ ।

सन् १८८० मा डेनमार्कबाट शुरू भएको यसको उत्पादन अहिले ७५ भन्दा बढी मुलुकमा पुगेको छ। नेपालमा सन् १९९० देखि गोर्खा ब्रुअरीले टुबोर्ग बीयर उत्पादन थालेको हो। नेपालको सबैभन्दा बढी बजार हिस्सा ओगटेको टुबोर्ग बीयर ६५० मिलि लिटरको बोतल तथा ५०० र ३३० मिलि लिटरको क्यानमा उपलब्ध छ।

होलीपर्वको पूर्बसन्ध्यमा यसरी लेदो भेटिनुमा आम जनमानसमा  त्रास पैदा भएको छ  । प्रत्येक बर्षको होलीमा झैँ  यसपालीको होलीमा पनि टुबोर्गले “मनाऔं होली रमेर भन्दै” खुब प्रचार गरिरहेको छ । यतिसम्मकि टुबोर्ग बियरले आफैं समेत विभिन्न कार्यक्रमहरु समेत आयोजना गरिरहेको छ ।

तर त्यहि टुबोर्ग बीयर पिएर कुनै बेला मान्छे मृत्युको मुखमा पुगेको थियो भन्ने खबर धेरै जनमानसलाई थाहा नहुन सक्छ । टुबोर्ग बीयरले उक्त घटनापछी झन् आक्रामक रुपमा प्रचार प्रशार गरेको थियो । यतिसम्मकि उक्त घटनापछी टुबोर्गको अत्याधिक बदनाम भएपछी विभिन्न बहाना गर्दै बोतलको प्याक समेत परीवर्तन गरेको थियो ।

हुनत बिगतमा पनि यस्ता घटनाहरु नघटेका होइनन् , न्यूज अप्रेशनको अनुसन्धानमा फेला परेका केहि तथ्य  यस्ता छन् :-

केहि बर्षअघि यस्तै घटना घट्यो । काठमाडौँको बसुन्धराको एक होटलमा रमाइलो गर्दै बाग्लुङका देव गौचन र चन्द्रसिंह तामाङ बियर पिउँदै थिए । उनीहरुको रोजाइको बियर थियो – टुबोर्ग । ड्यानिस बियरको ट्रेडमार्क लिएर नेपालमा उत्पादन भइरहेको यो बियर खाएको केही क्षणमै उनीहरु बेहोस भए । हत्तपत्त उनीहरुलाई नजिकैको विनायक अस्पताल लगियो । त्यहाँ उपचार हुन सकेन, अनि ल्याइयो सुन्धाराको लाइफ केयर अस्पताल ।

त्यही सन्दर्भमा  सुरेश राजबहाकले युट्युबमा अपलोड गर्नुभएको भिडियो समेत हामीले जनहितका लागि यहाँ उपलब्ध गराएका छौ।

बीयर खाएर मात्तिएर उनीहरु ढलेका थिएनन् । सिसीको पिँधमा लेदो र लेउसमेत लागेको ख्यालै गरेका रहेनछन् उनीहरुले । त्यही कारण बीयरमा मेफनल नामक पदार्थ मिसिएको हुन सक्ने शंका चिकित्सकले गरेका छन् । उपचारमा संलग्न लाइफ केयर अस्पतालका डाक्टर समीर केसीले अहिलेसम्मको रिपोर्टका अनुसार गौचन र तामाङले बीयर खाएकै कारण बेहोस भएको बताएका छन् ।

प्रकाशित मिति: Mar 9, 2017

प्रतिक्रिया दिनुहोस्