Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपडेट:: प्रहरीको गोली लागि मृत्यु हुनेको संख्या ४ पुगेको खबर

सप्तरी, फाल्गुन २३ । हिजोदेखि नै तनाव ग्रस्त रहेको तथा सेना समेत परिचालन समेत रहेको सप्तरीमा ४ जना आन्दोलनकारीको मृत्यू भएको छ ।

मोर्चाले एमालेको सभास्थलमा आगजनी गरेपछि प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा परि मोर्चाका ४ कार्यकर्ताको मृत्यु ,२० जना घाइते भएको छ भने अन्य ४ जनाको अवस्था गम्भीर रहेको पत्रकार पंकज दासले बताए ।

बिहानै देखि आक्रामक रुपमा देखिएका मधेशी मोर्चाले एमालेको सप्तरीको राजविराजस्थित गजेन्द्र नारायणसिंह औद्योगिक क्षेत्रमा सभा हुनुपूर्व देखि नै विरोध र अवरोध सिर्जना गर्दै आएका थिए ।

टाउकोमा प्रहरीको गोली लागेका सप्तरी मलेठ– २ का अन्दाजी १८ वर्षीया सन्जन मेहताको घटनास्थलमै मृत्यु भएको हो । राजविराजमा गर्ने भनिएको सभास्थल परिवर्तन गरेर औद्योगिक क्षेत्रमा गरिएको आमसभा बिथोल्न ठूलो संख्यामा मोर्चा कार्यकर्ता पुगेपछि प्रहरीले गोली चलाएको हो ।

मोर्चाका नेता एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलका अनुसार सप्तरीको मलेठमा पान पसल गर्दै आएका रञ्जन मेहताको मृत्यु भएको छ । त्यस्तै घाइते दुई जनालाई उपचारका लागि धरान लिएर जाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

यस्तै लिमनका दिगम्बर झा र मलेठ ४ का पिताम्बर पिताम्बरलाल यादबको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका झाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

मण्डलको भने धरान पुर्‍याए लगतै निधन भएको छ । अस्पतालले दुबैको निधनको पुष्टि गरेको छ । एमालेको मेची–महाकाली अभियान सप्तरी आइपुग्दा त्यहाँको अवस्था थप तनावग्रस्त बनेको थियो ।

आन्दोलन गरिरहेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा युवकको मृत्यु भएको हो । एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा सप्तरीको राजविराजमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीचको झड्पमा गोली चलेको छ । प्रहरीको गोली लागेर मोर्चाका ३ जना कार्यकर्ताको मृत्यु भएको छ ।

उनीरुलाई राजविराज फिर्ता ल्याइएको छ । ‘एक जनाको मृत्यु भएको भन्ने खबर आएको छ’ सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले भने, ‘विस्तृत विवरण बुझ्दैछु । अहिले उनको मोबाइल स्वीच अफ रहेको छ ।

मोर्चाले भने प्रहरीको हुलमा मिसिएका एमाले कार्यकर्ताले ढुंगामुढा गरेको आरोप लगाएको छ । सगरमाथा अञ्चल अस्पतालका अनुसार झडपमा दर्जनौं घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते ११ जनालाई उपचारका लागि विराटनगर र धरान पठाइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार गोली नलागेका तर टाउको फुटेका र हात भाँचिएका घाइते बढी छन् । यतिबेला सप्तरीमा रहेका पत्रकार पंकज दासका अनुसार ४ जना घाइतेहरुको अवस्था चिन्ताजनक रहेको छ । घाइतेको संख्या भने नगन्य रुपमा रहेको छ ।

औद्योगिक क्षेत्रमा एमालेको सभा नहुँदै पुगेका मोर्चा कार्यकर्ताहरु कार्यक्रमको अन्तिममा अध्यक्ष केपी शर्मा ओलीले भाषण गर्न थालेपछि थप उत्तेजित भएका थिए । त्यसअघि नेताहरु माधवकुमार नेपाल, लालबाबु यादव, सत्यनारायण मण्डललगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: Mar 6, 2017

प्रतिक्रिया दिनुहोस्