Logo
१३ बैशाख २०८१, बिहीबार
(March 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्ववियू चुनावबारे मधेशी बिद्यार्थी मोर्चाको अर्को निर्णय (बिज्ञप्ती सहित)

काठमाण्डौ, १९ फगुन । आन्दोलनरत संयूक्त मधेशी मोर्चा निकट संयूक्त मधेशी बिद्यार्थी मोर्चाले स्ववियू चुनावारे बिभिन्न निर्णहरु गरेको छ । काठमाण्डौ स्थित बानेशवरमा आज बसेको बिद्यार्थी मोर्चाको बैठकले बिद्यार्थीहरुको पठन–पाठन लगायतका गम्भिर बिषयलाई ध्यानमा राखि औपचारिक रुपमा स्ववियू निर्वाचन स्थिगित भइसकेको निर्णय गरिसकेका क्याम्पसहरुमा लगाइएका ताला खोल्ने गरेको छ ।

साथै अरु क्याम्पसहरुको हकमा स्थगनको निर्णय पश्चात मात्र ताला खोलिने यसै बिज्ञप्ती मार्फत जानकारी गराइन्छ । मोर्चा आवद्ध तमवि फ्रन्टका अध्यक्ष मनिष मिश्रका अनुसार मधेश लगायत काठमाण्डौ महत्वपुर्ण सम्पुर्ण आङ्गगिक क्यापसहरुमा निर्वाचन हुन सकेको छैन । उनले भने बिभिन्न साना क्यामसहरुमा चुनाव सफल गराएर सरकार रमाइरहेको उने बताए, त्यसबाट हामिलाई कुनै असर पर्नेवाला छैन ।
मोर्चाको बिज्ञप्ती जस्ताको त्यस्तै:

 

 

प्रकाशित मिति: Mar 2, 2017

प्रतिक्रिया दिनुहोस्