Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सरकारलाई दिएको समर्थन फिर्ताका लागि मोर्चा हतार नगर्ने’

काठमाडौं, १५ फागुन । आन्दोलनरत  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ताका लागि हतार नगर्ने भएको छ ।

तर, संविधान संशोधन प्रक्रिया चलिरहेकाले तत्काल समर्थन फिर्ता नगर्ने मधेसी मोर्चाका एक नेताले बताए । ‘अहिले संशोधन प्रक्रिया चलिरहेको छ । यसलाई अलपत्र छाडेर भाग्न मिल्दैन’ उनले भने, ‘५/१० दिनमा यो प्रक्रिया टुंगिन्छ होला । त्यसैले हामीले हतार गर्नु हुँदैन ।’

आगामी रणनीतिबारे छलफल गर्न मधेसी मोर्चाको बैठक आइतबार दिउँसो १ बजे बोलाइएको छ । तमलोपा संसदीय दलको कार्यालयमा बस्ने बैठकमा संविधान संशोधन विधेयकमा संशोधन हाल्नेबारे समेत छलफल हुनेछ ।

सरकारले आगामी वैशाख ३१ मा स्थानीय तहको चुनाव घोषणा गरे लगतै मधेसी मोर्चाले दबावमुलक आन्दोलन थालेको छ । र, मधेसी मोर्चासहितको संघीय गठवन्धनमा समर्थन फिर्ताबारे छलफल सुरु भएको छ ।

 

प्रकाशित मिति: Feb 26, 2017

प्रतिक्रिया दिनुहोस्