Logo
८ बैशाख २०८१, शनिबार
(February 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोर्चालाई धोका दिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं ११ फागुन । सरकारले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई धोका दिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले बताएका छन् ।

उनले तीन दलले निर्वाचनमा नगराउने षड्यन्त्रका तहत मधेशी मोर्चाको माग पूरा नगरिकनै स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको आरोप लगाए ।

नेसपाको केन्द्रिय पदाधिकारी बैठक फाल्गुन ८, ९ र १० गतेका दिन देशको समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन एवं पार्टीको भावी रणनीति बारे गहन छलफल गरी सम्पन्न भएको थियो ।

नेपाल सद्भावना पार्टीले बुधबार पत्रकार सम्मेलन गरी संविधान संशोधन बिना निर्वाचन हुन नसक्ने दाबी गर्दै सरकारलाई दिएको समर्थन फिर्ताबारे मोर्चामा छलफल हुने उनले जानकारी दिए ।

सो बैठकका निर्णयहरु सार्वजनिक गर्नका लागि नेसपाले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । ‘जनचाहना र जनभावना बमोजिम आइरहेको सामाजिक प्रतिक्रिया र सल्लाहलाई नेपाल सद्भावना पार्टी सिरोधार्य गर्दछ । सरकारी पक्षबाट मांग पुरा गरीनुको साटो आन्दोलन दबाउने, बल प्रयोग गर्ने र दमन गर्ने कार्य भएमा आन्दोलन लम्बिनेछ ।’ पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेसपाको २८औं स्थापना दिवश २०७४ बैशाख ३ गतेको दिन भब्यतापुर्वक राजधानी काठमाण्डौ लगायतका स्थानमा मनाइने र सोही अवसरमा बैशाखको ३, ४ र ५ गते काठमाण्डौ मैं स्वदेशी र विदेशी अतिथिहरु समेतको सहभागीतामा पार्टीको महासमितिको बैठक आयोजन गरिने जनाइएको छ ।

प्रकाशित मिति: Feb 22, 2017

प्रतिक्रिया दिनुहोस्