Logo
१२ श्रावण २०८१, शनिबार
(February 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावको मिति घोषणासगै मधेश फेरि अशान्त

जनकपुर । सरकारले स्थानीय तह निर्वाचको मिति घोषणा गरे लगत्तै मधेश फेरि अशान्त बनेको छ । २०७३ असोज ३ गते संविधान जारी लगत्तै त्यसविरुद्ध मधेशी मोर्चाले ६ महिना आन्दोलन गरेका थिए ।

सरकारले संशोधनपछिमात्रै चुनावको मिति घोषणा गर्ने भनेपनि बताएपछि अहिले आएर भने चुनावकै मिति घोषणा गरेपछि आफूहरु आन्दोलनमा होमिनु परेको मधेसी मोर्चाका नेताहरुको भनाई छ । सरकारले सामेबार बैशाख ३१ गते चुनाव गर्ने घोषणा गरेको थियो भने मधेसी मोर्चाले पनि आन्दोलनको घोषणा गरेको थियो ।

जसअनुसार आज मधेस बन्द गरिएको हो । बन्दका कारण मधेसका जिल्लाहरु पूर्ण रुपमा ठप्प गरेको हाम्रो स्थानीय समाचारदाताहरुले बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेसँगै ‘सरकारले संविधान संशोधन गर्ने आश्वासन’ दिएपछि मधेसी मोर्चाले आन्दोलन टुंग्याएका थिए भने सो अघि तत्कालिन प्रधानन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको बेला सीमानाकामा गरिएको अवरोध फिर्ता लिइएको थियो ।

त्यसयता मधेस शान्त रहँदै आएकोमा झण्डै एक वर्षपछि मधेसमा कडा खालको बन्दको कार्यक्रम भएको यो पहिलो पटक हो ।  त्यसमध्ये राजु साह र कुलदिप साह दुवै जना सद्भावान पार्टीका कार्यकर्ता घाईते रहेको जनाईएको छ । उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहेको जनाइएको छ ।  धनुषासहित सिरहा, वीरगञ्ज, बारा, पर्सा, रौटहट, विराटनगरलगायतका जिल्लाहरुमा बन्दको बढी प्रभाव परेको जानकारी आएको छ ।

जनकपुरमा मोर्चाको कार्यकर्ताहरुद्धारा एमालेका नेता रघुविर महासेठको घरमा ढुंगामुढा गरी तोडफोड गरेका छन् । जनकपुर स्थित एमाले नेता महासेठको घरमा आन्दोलनरत मोर्चाका कार्यकर्ताहरुले ढुङगामुढा गर्दा घरको झयालको शिशा फुटाएका हुन् । एमालेका कार्यकर्ताले प्रतिकार गर्दा मोर्चाका दुइ कार्यकर्तासमेत घाइते भएको जनाइएको छ ।

 

प्रकाशित मिति: Feb 22, 2017

प्रतिक्रिया दिनुहोस्