Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वदलीय वैठकमा मधेशी मोर्चा सहभागी नहुँने

काठमाडौं, फागुन १० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय वैठक मधेशी मोर्चा सहभागी नहुँने भएको छ । सरकारले चुनाव घोषणा गरेपछि असन्तुष्ट बनेको मोर्चाले प्रधानमन्त्रीले बोलाएको वैठकमा अनुपस्थित हुने बताएको हो ।

मोर्चाका एकजना नेताले मोर्चाको मुद्दा संमबोधन बिनै गरिएको निर्वाचन घोषणाको कुनै औचित्य नभएकाले आफूहरु उपस्थित नहुने बताए ।   नयाँ शक्तिले पनि वैठकमा सहभागी नहुँने बताएको छ ।

आज दिउँसो तीन बजे संसद भवन बानेश्वरमा बोलाइएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सवै दलका प्रतिनिधि सहभागि हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Feb 21, 2017

प्रतिक्रिया दिनुहोस्