Logo
६ बैशाख २०८१, बिहीबार
(February 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी मोर्चाद्धारा मधेशव्यापी आन्दोलनको घोषणा

काठमाण्डौ । सरकारले तीनबुँदे सहमतिलाई लत्याउँदै संविधान संशोधन अघि घोषणा गरेको चुनावलाई बहिष्कार गर्दै मधेशी मोर्चाले मधेशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

सरकारले बैशाख ३१ गतेलाई घोषणा गरेको निर्वाचनलाई मधेशी मोर्चाले कुनै पनि हालतमा हुन नदिने निर्णय गरेको छ । भोलि मंगलबार साँझ चुनावको विरुद्धमा मसाल जुलूस प्रदर्शन गर्ने, पर्सी बुधबार मधेश बन्द गर्ने मोर्चाको निर्णय छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादव दिल्लीबाट फागुन ११ गते फर्के लगत्तै भीषण आन्दोलनको घोषणा गर्ने मोर्चाको निर्णय गरेको छ ।

प्रकाशित मिति: Feb 20, 2017

प्रतिक्रिया दिनुहोस्