Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावको मिति घोषणा भए आन्दोलनमा जाने तयारी

फागुन ४, काठमाडौं । चुनावको मिति घोषणा गर्ने विषयमा प्रमुख तीन दल नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र नजिकएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा झस्किएको छन् । सविधान संशोधन विधेयक पारित नभएसम्म चुनावको मिति घोषणा गर्न नहँुने अडानमा बसेका मधेशी मोर्चाले चुनावको मिति घोषणा भए आन्दोलनमा जाने तयारीमा छन् ।

हिजो अबेर राती तीन दलबीच चुनावको मिति घोषणा गर्ने विषयमा सहमति भएपछि आज विहानैदेखि मधेशी मोर्चाका नेताहरु आन्तरिक छलफलमा लागेका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मोर्चाका नेताहरुलाई आफ्नो पार्टी कार्यालयमा बोलाएर अगामी रणनीतिको बारेमा छलफल गरिरहेका छन् । संशोधन विधेयक पारित नगरि चुनावको मिति घोषणा भए मोर्चाले के गर्छ ?

राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले चुनावका मिति घोषणा भएकै दिन आन्दोलन घोषणा हुने चेतावनी दिए । ‘एक त हामीसँग छलफलै नगरि चुनावको मिति घोषणा गर्न सक्दैन’ उनले भने, ‘तीन दलको सहमतिले मात्र हुँदै, हाम्रो पनि सहमति चाहिन्छ ।’ यद्यपी प्रधानमन्त्री प्रचण्ड पनि मधेशी मोर्चासँग निर्णायक वार्ता गर्ने तयारीमा छन् ।

प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहका चन्द्रदेव खनाल ‘बलदेव’ ले भने, ‘चुनावको विकल्प छैन, चुनावको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको छ तर एकपटक मधेशी मोर्चासँग निर्णायक वार्ता हुन्छ ।’ तमलोपाको पार्टी कार्यालयमा मधेशी मोर्चाको अनौपचारिक छलफल चलिरहेको छ । #Ratopati

प्रकाशित मिति: Feb 15, 2017

प्रतिक्रिया दिनुहोस्