Logo
५ जेष्ठ २०८१, शनिबार
(February 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ पटकको लगातार आकस्मिक वैठकपछि के गर्दैछ आज बस्ने मन्त्रीपरिषदले ?

काठमाडौं । आज साँझ ५ बजे मन्त्रीपरिषदको बैठक बस्दैछ । सोमबार र बिहिरबार नियमित बैठक बस्ने गरेकोमा यसअघि बिहिबार, आईतबार र सोमबार ३ पटक आकस्मिक बैठक मात्र बसेको थियो । नियमित बैठक नभएका कारण आज बस्ने मन्त्रीपरिषदको बैठकमा मन्त्रालयगत बिषय एजेण्डाका रुपमा प्र्रस्तुत हुने प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो  ।

माघ २७ गते बसेको आकस्मिक बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद एक बर्ष थप गर्ने निर्णय गरेको थियो । यस्तै माघ १ गते बसेको मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

यस्तै २ गते बसेको अर्को आकस्मिक बैठकले नेपाल प्रहरीको निमित्त महानिरिक्षकको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) डा. दिनेशचन्द्र पोखरेललाई कामु महानिरीक्षक दिने निर्णय गरेको थियो । आजको बैठक भने आकस्मिक नभएर नियमित किसिमको हुने बताइएको छ । रातोपाटीमा समाचार छ ।

प्रकाशित मिति: Feb 14, 2017

प्रतिक्रिया दिनुहोस्