Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनआरएमए र मानव अधिकार संगठन राउतको समर्थनमा

काठमाडौं । विश्वभरि छरिएका रहेका नेपालका  मधेशीहरुको साझा संगठन गैरआवासीय मधेशी संघ (नन–रेसिडेन्ट मधेशीज एसोसिएसन)ले डा. सीके राउतको गिरफ्तारीलाई गैरकानूनी, गैरलोकतान्त्रिक र गैरसंवैधानिक रहेको ठहर गरेको छ ।

एनआरएमए अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहाले विज्ञप्ति जारी गरी डा. सीके राउतलाई अविलम्ब रिहा गर्नुपर्ने माग गर्दै उनका समर्थक सुरेन्द्र यादवको अवस्था सार्वजनिक गर्न मागसमेत गरेका छन् ।
सुरेन्द्र यादवलाई प्रहरीले पक्राउ गरी अवस्था अज्ञात बनाएको छ । अहिलेसम्म सुरेन्द्र यादवका बारेमा कुनै जानकारी प्रहरीले दिएको छैन ।
यसैबीच,  नेपाल मानव अधिकार संगठनले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतलाई अविलम्ब रिहा गर्न नेपाल सरकारसँग अपील गरेको छ ।

नेपाल मानव अधिकार संगठनका अध्यक्ष ईन्द्र प्रसाद अर्यालले शुक्रबार विज्ञप्ति जारी गरी डा. राउतको पक्राउ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

सीके राउतलाई थुनेर समस्या समाधान नहुने भन्दै अविलम्ब रिहा गरी प्रभावकारी वार्ताको थालनी गर्न नेपाल सरकारलगायत सम्पूर्ण पक्षलाई आग्रहसमेत गरेको छ ।

 

 

प्रकाशित मिति: Feb 6, 2017

प्रतिक्रिया दिनुहोस्