Logo
५ जेष्ठ २०८१, शनिबार
(February 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणी उप-क्षेत्रीय अस्पतालबाट हराएको नवजात शिसु भेटियो

पर्सा, माघ, २३ । बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट माघ २१ गते चोरी भएको नवजात शिसु आज फेला परेको छ । पर्सा प्रहरीले जिल्लाको मिलन चौकबाट उक्त हराएको नवजात शिसु सहित फेला पारेको हो ।

तीन दिनको मिहिनेत पछि एक चोर महिलासगैं बच्चालाई फेला पार्दे उदार गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोसिले बातए ।

उनले बिस्तृत बिवरण चाडै नै सार्वजानिक गर्ने बताए । उनले भने ‘आजै चार बजे अस्पतालमै हामिले पत्रकार सम्मेलन गर्दे छौं सबै बिस्तृप्त कुराको सार्वजनिक त्यही हुने छ ।

अस्पतालबाट शुक्रबार चोरी भएको नवजात शिशु पर्साको बेलवा गाविस–९ भेटिएको छ । नवजात शिशुु चोरी गर्ने पर्सा सिक्टाकी लालसादेवी शाहलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।

शिशु चोरी गर्ने लासलदेवी शाहको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बच्चाको अवस्था सामान्य रहेपनि बच्चाले तीन दिनदेखि आमाको दूध खान नपाएकोले बच्चाको सघन उपचारकक्षमा उपचार भइरहेको छ । शुक्रबार वीरगञ्ज छपकैयाका मुकेश पासवानको बच्चा जन्मिएको तीन घण्टामै चोरी भएको थियो ।

प्रकाशित मिति: Feb 5, 2017

प्रतिक्रिया दिनुहोस्