Logo
१३ बैशाख २०८१, बिहीबार
(February 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राैतहटबाट ९ र लाहानबाट २१ जना सिकेका समर्थक पक्राउ

रौतहट, २१ माघ  । सिके राउतको रौतहट जिल्ला संयोजकसहित नौजना कार्यकर्ता रौतहटमा फक्राउ परेका छन् । जुलुस निकाल्ने तयारीमा रहेका कार्यकर्ताहरुलाई गरुडा नगरपालिकाको झाँझपुलबाट नौ जनालाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले बताएका छन् ।

पक्राउ पर्नेमा सिकेका रौटहट जिल्ला संयोजक अशोककुमार सिंह, सहसंयोजक वीरेन्द्र साह, जिल्ला सदस्य रामाकान्त ठाकुर, राजुप्रसाद यादव, रकटु राय यादव, अशोक कुमार साह, श्यामकिशोर यादव, अजय कुमार ठाकुर र राजकिशोर साह रहेका छन् । पक्राउ परेकामध्ये अशोक कुमार साह नेपाली सेनाका पूर्व जवानसमेत भएको बुझिएको छ।

सिके राउतलाई जनकपुरबाट बिहीबार पक्राउ गरिएपछि रिहाइको माग गर्दै जुलुस प्रदर्शन गर्ने तयारीमा रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ । तर जिल्ला संयोजक अशोक सिंहले वाक स्वतन्त्रता हुनुपर्ने माग गर्दै शिवनगरबाट गरुडातर्फ जुलुस लिएर आइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताएका छन् । केन्द्रकै निर्देशनअनुसार आफूहरुले जुलुस प्रदर्शन गरेको प्रहरी नियन्त्रणमा रहेका जिल्ला संयोजक साहले बताए ।

यसैगरी सिके लार्इ रिहाइ गर्न मागसिहत प्रदर्शनमा उत्रिएका २१ जनालार्इ लाहान प्रहरीले नियन्त्रणमा लिएकाे छ। स्वतन्त्र मधेशकाे नारा र व्यानरसहित प्रदर्शनमा उत्रिएका उनीहरूलार्इ पत्राउ गरी इलाका प्रहारी कार्यालय लाहानमा राखिएकाे डिएसपी राजकुमार केसीले जनाकारी दिए।

पक्राउ परेकाहरूलार्इ मुद्दा चलाउन अाफूहरूले केन्द्रकाे अादेश पर्खिरहेकाे उनले बताएका छन्। यद्यपी उनीहरूलार्इ कुन मुद्दा चलाउने भन्नेबारे प्रहरीले बताएकाे छैन ।  बिहीबार पक्राउ परेका सिके राउतलार्इ प्रहरीले ‘राज्यविरूद्धकाे संगठित अपराध’ मुद्दा दर्ता गरी सिरहा अदालतबाट १० दिनका लागि थुनामा राख्न म्याद लिर्इ कारवाही अघि बढाएकाे छ।

प्रकाशित मिति: Feb 3, 2017

प्रतिक्रिया दिनुहोस्