Logo
१३ बैशाख २०८१, बिहीबार
(February 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्र विखण्डनका लागि संगठन चलाउँदै अाएका  सिके राउत पक्राउ

जनकपुर, २० माघ । राष्ट्र विखण्डनका लागि संगठन चलाउँदै अाएका सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाले पत्रमार्फत् सिके राउतलाई पक्राउ गरी सहयोग गरिदिन अाग्रह गरेपछि धनुषा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई सिराहा नै पठाइने धनुषा प्रहरी प्रमुख एसपी लालमणि अाचार्यले बताए ।

जिल्ला प्रहरी कार्यालय सिराहाले पत्रमार्फत् सिके राउतलाई पक्राउ गरी सहयोग गरिदिन अाग्रह गरेपछि धनुषा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई सिराहा नै पठाइने धनुषा प्रहरी प्रमुख अाचार्यले बताए। राष्ट्र विखण्डन गर्ने तत्वहरुले खुलेअाम संगठन विस्तार र अभिव्यक्ति दिइरहँदा सरकार मुकदर्शक बनेको भनेर अारोप लागिरहेको अवस्थामा सरकारले उनलाई पक्राउ गरेको हो।

पछिल्लो समय उनी जनकपुर केन्द्र बनाएर तराईका जिल्लामा खुलेअाम विखण्डनकारी गतिविधि सञ्चालन गर्दै अाएका थिए। दाहाल सरकारले उनका गतिविधिमा कतै पनि रोक लगाएको थिएन। ‘अादेश नभएकाले र पक्राउ गर्नुपर्ने उचित कारण नदेखिएकाले उनलाई पक्राउ नगरेका हौं’, माघ ५ गते सिराहा प्रमुख प्रहरी एसपी शेखर कोइरालाले भनेका थिए।

जनकपुरको पुरानो बसपार्क नजिकैको डेराबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। सप्तरी स्थायी घर भएका उनी जनकपुरमा कोठा भाडामा लिएर बस्दै अाएका थिए। करिब ३ बजेतिर उनलाई पक्राउ गरिएको हो।

प्रकाशित मिति: Feb 2, 2017

प्रतिक्रिया दिनुहोस्