Logo
१५ बैशाख २०८१, शनिबार
(February 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मात्रिकाले बुझाए प्रदेशको इन्चार्जबाट राजीनामा 

काठमाडौँ, माघ २०  । संगठनको व्यवस्थापनप्रति असन्तुष्ट रहेका माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी अध्यक्ष प्रचण्डसमक्ष प्रदेशको इन्चार्जबाट मौखिक राजीनामा बुझाएका छन् । नेता यादवले अध्यक्ष प्रचण्डलाई भेटेर २ नम्बर प्रदेशको इन्चार्ज नरहने बताएका हुन् ।

संगठनको बैठक बस्न खोज्दा नेतृत्वले सहयोग नगेर उल्टै चलखेल गरेको भन्दै यादव असन्तुष्ट रहेका छन् । स्रोतका अनुसार यादवले केही समयअघि नै प्रचण्डलाई आफू प्रदेश इन्चार्ज बस्न नसक्ने र आफ्नो स्थानमा अरुलाई राख्न आग्रह गरेका थिए । यद्यपि, यसबारे पार्टी अध्यक्ष प्रचण्डले हालसम्म कुनै निर्णय गरेका छैनन् ।

केही दिनअघि वाइसिएलको एकता भेलामा पनि मात्रिका यादव पक्षका कार्यकर्ताले विरोध गर्दै कार्यक्रम बहिस्कार गरेका थिए । पार्टी परित्याग गरेका यादव गत जेठमा भएको एकता प्रक्रियाबाट पुनः माओवादी प्रवेश गरेका थिए । यादवलाई यसबारे सम्पर्क गर्दा उनले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

प्रकाशित मिति: Feb 2, 2017

प्रतिक्रिया दिनुहोस्